'प्युठानमा प्रहरी जवान सहित ९ जना जुवाडे प्रक्राउ'

५ वर्ष अगाडि

प्युठान । प्युठानमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई प्रक्राउ गरेको छ । आज बिहान ३ बजेको समयमा प्युठान नगरपालिका वडा नं ४ जुम्री स्थित ऐरावती होटलमा जुवातास खेलिरहेको अवस्थामा प्युठानमा कार्यरत एकजना प्रहरी जवान सहित ९ जना जुवाडेलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो । यद्दपी, पक्राउ परेकाहरुको नामावली भने प्रहरीले सार्वजनिक गरेको छैन।
प्रहरीले जुवाको खालबाट एक लाख ६५ हजार २६५ रुपियाँ नगद पैसा पनि बरामद् गरेको छ । त्यस्तै ७ थान मुवाईल र ६ वटा मोटरसाईकल पनि नियन्त्रणमा लिएको प्रहरी प्रमुख मल्लले बताउनुभयो । जुवाडे ईलाका प्रहरी कार्यालय विजुवारको नियन्त्रणमा रहेका छन् । यसबारे थप अनुसन्धान भईरहेको र जुवाडेलाई जुवा ऐन अन्र्तगत कार्वाही हने समेत प्रहरी प्रमुख मल्लले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

काठमाडौं प्रशासनको निर्देशनपछि बल्खु र वंशीघाटका सुकुमवासी बस्ती खाली गर्न सुरु

कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १८ जना पक्राउ

केरवानी खानेपानीको अध्यक्षमा दिपक पौडेल निर्वाचित

नक्कली जग्गाधनी खडा गरी नामसारी: ७ जनाविरुद्ध अख्तियारको मुद्दा

ई–बिडिङ ह्याक प्रकरणमा थप एक पक्राउ, पक्राउ संख्या १३ पुग्यो

ओमानसँग नेपाल १०२ रनले पराजित, डीएलएस मेथडले खेल टुंगियो

सुधन गुरुङमाथि चाँडै छानबिन सुरु हुने: रवि लामिछाने