'दीप मिलनको गजल संग्रह “सलेदो” प्रकाशन'

५ वर्ष अगाडि

कपिलबस्तु। नेपाली गजलमा लामो समयदेखि साधनारत साधक दीप मिलनको गजल संग्रह “सलेदो” प्रकाशन भएको छ । दीप मिलन बहरबहारले आयोजना गरेको खुल्ला गजल प्रतियोगिता २०७५ मा प्रथम भएका थिए । प्रथम हुने गजलकारको कृति पुरस्कार स्वरुप प्रकाशन गरिदिने प्रतिबद्धता अनुसार बहर बहारको संयोजनमा शिखा बूक्सले प्रकाशनमा ल्याएको हो । नेपाली गजलको सामूहिक विकासमा क्रियाशील संस्था बहर बहारको आयोजनामा यहि असोज १५ गते सम्पन्न उक्त कार्यक्रममा वर्तमान नेपाली गजलका १० प्रतिनिधि गजलकारहरूले गजल वाचन समेत गरेका थिए ।

कार्यक्रममा अग्रज गजलकार बूँद रानाको प्रमुख आतिथ्य तथा गजलमणि डा घनश्याम परिश्रमी न्यौपाने, गजलकार भुवन निस्तेजको विशेष उपस्थिति तथा बहर बहार संस्थाका संयोजक प्रमोद थापा सहित करूण थापा, टंक गुरुङ, आवाज शर्मा, मनोज भण्डारी, भोजराज घिमिरे लगायत साधकहरूको उपस्थिति थियो ।

प्रतियोगिताले दिएको यस पुरस्कारले नेपाली गजलमा केही गर्नुछ भन्ने जिम्मेवारीबोध भएको गजलकार दीप मिलन बताउँछन । सलेदो समस्त गजलप्रेमीहरूको साझा संग्रह भएकाले पढेर प्रतिक्रिया दिन सबैमा आग्रह गरेका छन । प्रतियोगितामा विजयी भई कृति पुरस्कार पाउने सम्भवत आफू नेपालकै पहिलो गजलकार हुन पाउँदा भाग्यमानी महशुस भएको बताए । यसले साधनामा थप उर्जा प्राप्त भएको छ उनी भन्छन् ।

संग्रहमा जम्मा ६६ गजल समावेश छन् । नेपाली गजलका पिता आदिगजलकार मोतीराम भट्टको जन्मजयन्तीको अवसर पारेर प्राबिधिक माध्यम जुम मार्फत उक्त कार्यक्रम भएको हो । कार्यक्रम संस्थाका संयोजक प्रमोद थापाको सभापतित्वमा सचिव लालकाजी श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी