'लायन्स क्लव अफ देवदहद्धारा विपन्न परिवारलाई राहत वितरणः'

५ वर्ष अगाडि

देवदह // लायन्स क्लव अफ देवदहद्धारा विपन्न ज्येष्ठ नागरिक तथा अपांग परिवारलाई राहत वितरण गरेको छ । चाडपर्वहरु नजिकिएको अवस्थामा उक्त परिवारले पनि सहज रुपमा चाडपर्व मनाउन सकोस भन्ने उद्देश्यले राहत स्वरुप खाद्यन्न वितरण गरेको छ । देवदह ७ सावित्रीटोल स्थित १०७ वर्षिय ज्येष्ठ नागरि मन बहादुर सार्की र उहाँको पचाँस वर्षिय दृष्टिविहिन छोरीको लागि एक महिनाको लागि पुग्ने गरि खाद्यान्न वितरण गरेको कार्यक्रम संयोजक तथा क्लवका तृतीय उपाध्यक्ष लायन कृष्णराज पौडेलद्धारा जानकारी गराउनुभयो । उक्त कार्यक्रममा बोल्दै क्लवका चार्टर प्रेसिडेन्ट तथा डिष्ट्रिक्ट ड्युपुटी चिफ लायन विष्णु प्रसाद पौडेलद्धारा राज्यको आँखा यस्ता विपन्न परिवारमा नपर्नु दुःखको कुरा भन्दै क्लवले सन्देशमुलक तरिकाले राज्य लगायत अन्य संघसंस्थाको ध्यानाकर्षण गर्ने गरि राहत वितरण गरेको बताउनुभयो । क्लवका अध्यक्ष लायन बिनोद थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा क्लवका चार्टर प्रेसिडेन्ट तथा लायन्स क्लव इन्टरनेशनल ३२५बि२ नेपालका डिष्ट्रिक्ट ड्युपुटी चिफ लायन विष्ण्ुा प्रसाद पौडेल, पूर्व अध्यक्ष तथा डिष्ट्रिक्ट डिपार्टमेन्ट मेम्बर लायन रिषिराम सापकोटा, पूर्व अध्यक्ष तथा जोन चेयर पर्सन लायन गुमानसिं के.सी., क्लवका आईपीपी लायन राम बहादुर गुरुगं, कानुनी सल्लाहकार टिकाराम चापागाई, क्लवका पदाधिारी, सदस्यज्यूहरु, लियो क्लव अफ देवदहका प्रथम उपाध्यक्ष, समाजसेवी बालकुमार श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । उक्त परिवार भाद्र १० र ११ गते परेको अविरल वर्षाको कारण प्रभावित हुनुका साथै घरको अवस्था नाजुक रहेको, खानेपानी र बिजुलीको समेत समस्या रहेको र बिहान साँझ दुई छाक खानको लागि समस्या रहेको छ । क्लवले कम्तिमा एक महिनाको लागि पुग्ने गरि खाद्यान्न सामाग्रीहरु वितरण गरेको छ । क्लवको वार्षि कार्यक्रम भोक राहत अन्तर्गत क्लवको राहत कोषबाट उक्त खाद्यन्न सामाग्री वितरण गरिएको क्लवका अध्यक्ष थापामगर द्धारा जानकारी गराउनुभयो । उक्त कार्यक्रम क्लवका तृतीय उपाध्यक्ष तथा कार्यक्रम संयोजक लायन कृष्णराज पौडेलको स्वागत र सचिव लायन सृजना ओली सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सरकारद्वारा विभिन्न ८ अध्यादेश प्रतिनिधिसभामा पेश

चार्जिङ स्टेसन जडानका लागि घुस लिएको आरोपमा प्राधिकरण प्रमुखविरुद्ध मुद्दा दायर

डीपी अर्यालले प्रतिनिधि सभामा बैठक सञ्चालनका लागि ७ सदस्य मनोनीत

विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश जारी

बर्दिया राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, चालकसहित १८ जना घाइते

मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु

नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि एसएसपीसम्मको सरुवा रोकिँदा कमान्ड व्यवस्थापन प्रभावित

सन्दीप जोराको शानदार शतक, नेपाल ‘ए’बाट अमेरिकाविरुद्ध १११ रनको उत्कृष्ट पारी