'एमालेले ०७४ सालको वर्चश्व फर्काउँछ : भुसाल'

५ वर्ष अगाडि

बुटवल । एमाले उपमहासचिव घनश्याम भुसालले पार्टीले २०७४ सालको वर्चश्व फर्काउने उद्घोष गगर्नुभएको छ ।   बुटवलमा कार्यकर्ता भेलालाई सम्बोधन गनुृहुँदै भुसालले एमाले जिम्मेवार भएर अघि बढे ०७४ सालको वर्चश्व फर्किने बताउनुभयो ।

एमालेले समानता, न्याय र लोकतन्त्रका लागि सबैभन्दा बढी योगदान गरेको दाबी गर्दै भुसालले राष्ट्रको प्रतिनिधित्व गरिरहेको एमालेलाई मात्तिने छुट नभएको बताउनुभयो । ‘एमाले जिम्मेवार बन्नुपर्छ । विगत, वर्तमान र भविश्यलाई हेरेर एमाले अघि बढ्नुपर्छ,’उहाँले भन्नुभयो ।

राम्रो राजनीतिक पार्टी भयो भने राष्ट्र बलियो हुने भन्दै भुसालले जातजाति, भाषा, धर्मको प्रतिनिधित्व प्रभावकारी पार्टीले गर्ने बताउनुभयो । ‘लोकतन्त्रमा राष्ट्रको प्रतिनिधित्व पार्टीले गर्छ । यो मुलुकमा एमाले सबैभन्दा बढी समानता र न्यायमा योगदान गरेकाले राष्ट्रको प्रतिनिधित्व एमालेले गरेको छ । गर्छ । गर्नुपर्छ । जिम्मवारीबोध हुनुपर्छ । कमजोरी गर्ने, उत्ताउलो हुने छुट छैन,’ उहाँले भन्नुभयो ।

पार्टी आन्तरिक रुपमा लोकतान्त्रिक हुन सकेन भने राष्ट्रको पनि प्रतिनिधित्व गर्न नसक्ने भन्दै भुसालले थप्नुभयो,‘व्यवस्थित अभ्यास गर्नुपर्छ । न्याय समानता र लोकतन्त्रको जति अभ्यास गर्न सक्छ त्यति नै राष्ट्रको प्रतिनिधित्व गर्नसक्छ,’ उहाँले भन्नुभयो ।

बुद्धकै पालादेखि गणराज्यको अभ्यास भएको भन्दै उहाँले एमाले गणतन्त्र र लोकतन्त्र र आन्तरिक लोकतन्त्र सुदृढ गरेर यसैगरी अघि बढे २०७४ सालको वर्चश्व फर्काउने ठोकुवा गर्नुभयो ।

भुसालले अब दलाल पुँजीवादीविरुद्ध लड्नुपर्ने बताउनुभयो  । ‘त्यो बाहिर पनि लड्ने हो पार्टीभित्र हो,’ उहाँले भन्नुभयो, ‘यो काम एमालेले गर्नुपर्छ । अरुले गरेर हुँदैन । एमाले आज जिम्मेवार भइदिएन जिम्मेवार भूमिका खेलिदिएन भने के हहुन्छ ? यसमा छलफल होस् । सामाजिक र सांस्कृतिक रुपमा पार्टीले जरा गाडिसकेको एमालेको अभाव अरुले पूर्ति गर्न सक्दैन ।’

लोकतान्त्रिक समानता न्यायमा एमाले लाग्नुपर्ने उहाँले बताउनभुयो  । ‘लोकतान्त्रिक समानता न्यायमा एमाले लाग्नुपर्छ । बलियो बनाउनुपर्छ । यही कुरा माधव नेपाललाई बुझाउन सकेनौं । उहाँले आफै बुझिदिनुभएन । किन बुझ्नुभएन ? यो कुरा माधव कमरेडले बुझ्नुपर्छ । समीक्षा गर्नुपर्छ । मबाट के कमी भयो अर्कोबाट के भयो समीक्षा गरौं । कसले गल्ती गर्यो कसले गरेन माधव कमरेडले समीक्षा गर्नुपर्छ । विधानबाट जब हामी समेटिएर व्यवस्थति भएर आउनेछौं, त्यसपछि माधव कमरेडलाई बुझाउन समीक्षा गराउन बाध्य पार्नेछौं । एमाले उठ्छ, धुलो टक्टक्याएर अघि बढ्छ,’ भुसालले भन्नुभयो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सरकारद्वारा विभिन्न ८ अध्यादेश प्रतिनिधिसभामा पेश

चार्जिङ स्टेसन जडानका लागि घुस लिएको आरोपमा प्राधिकरण प्रमुखविरुद्ध मुद्दा दायर

डीपी अर्यालले प्रतिनिधि सभामा बैठक सञ्चालनका लागि ७ सदस्य मनोनीत

विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश जारी

बर्दिया राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, चालकसहित १८ जना घाइते

मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु

नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि एसएसपीसम्मको सरुवा रोकिँदा कमान्ड व्यवस्थापन प्रभावित

सन्दीप जोराको शानदार शतक, नेपाल ‘ए’बाट अमेरिकाविरुद्ध १११ रनको उत्कृष्ट पारी