'ई-रिक्सा सञ्चालनका लागी अनुमतिपत्र लिनुपर्ने'

५ वर्ष अगाडि

बाँके । बाँकेको नेपालगन्ज उप महानगरपालिका क्षेत्रमा ई-रिक्सा सञ्चालनका लागी अबदेखि अनुमतिपत्र लिनुपर्ने व्यवस्था गरेको छ । उप महानगरपालिकाले स्थानिय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा २ ट को खन्ड ४ र सोही ऐनको दफा ६४ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी कार्यविधी बनाएको हो ।

उप महानगरपालिकासँग अनुमति लिनुपर्ने व्यवस्था कार्यविधीले गरेको छ । अनुमती नलिएका वा अन्यत्र दर्ता भएका रिक्सालाई सन्चालनमा रोक लगाउने भएको छ । नेपालगन्ज उप महानगरपालिकाले लगाएको नीतिनियम एकदमै राम्रो भएको ई–रिक्सा चालक परसुराम चौधरी बताउँछन् । ‘पहिला चाँही त्येतिकै व्यवस्था नगरी सबै ई–रिक्साहरुले चलाउने गर्दा निकैनै समस्या भयको थियो । अब नयाँ नियम बनेको छ । यसले हामी सबैलाई फाईदा हुन्छ ।’ उनले भने ।

१८ वर्ष उमेर नपुगेका र ६० वर्ष उमेर नाघेका व्यक्तीहरुले ई–रिक्सा,अटो कुनैपनि चलाउन नपाउने व्यवस्था गरिएको छ ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक राजु भन्डारीले बताए । ‘ई–रिक्सा,अटो चलाउनको लागी आवश्यक मापदन्ड पुरा गरेको नेपाली नागरीक र नेपालगन्ज उप महानगरपालिका भित्र दर्ता भएको मात्र चल्न पाउनेछन् । केही समयका लागी सचेतनाका रुपमा लैजाने र त्यसपछी नियम भित्र नआउनलाई कार्वाहीको चरणमा जान्छौं ।’ उनले भने ।

धेरै ई–रिक्साहरु भएकोले तिनीहरुलाई नियन्त्रणमा लिने र सुचारु रुपले चलाउनको लागी कार्यविधी बनाईएको नेपलागन्ज उप–महानगरपालिकाका मेयर धवल शम्सेर राणाले बताए । ‘कार्यविधीमा नागरिकता हेर्ने, उनिहरुलाई सामान्य ट्रेनिङ् गर्ने र उप महानगरपालिकाले अस्थाई प्रमाणपत्र दिएर चलाउन दिने योजना बनाएका छौं । धेरै बुढो मान्छेहरुले पनि चलाउन गरेको, १२ पन्ध्र वर्षका केटाहरुले पनि चलाउने गर्नाले, दुर्घटना हुने धेरै सम्भावना भएकोले तालिम दिई लाईसेन्स दिएर मात्र चलाउने व्यवस्था मिलाउन लागेको छौं ।’, उनले भने ।

अब १ महिनाभित्रमा लागु हुनेगरी ई–रिक्सा,अटो चलाउनको लागी आवश्यक मापदन्ड पुरा गरेको नेपाली नागरीक र नेपालगन्ज उप महानगरपालिका भित्र दर्ता भएको मात्र चल्न दिने गरि उप–महानगरपालिकाले तयारी गरेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत