काठमाडौं। बंगलादेश विरुद्धको मैत्रीपुर्ण खेलमा नेपाली महिला फुटबल टिम २–१ ले विजयी भएको छ। दशरथ रंगशालामा भएको खेलको पहिलो हाफमै नेपालले २–० को अग्रता बनाएको थियो ।
पहिलो हाफमा नेपालबाट सविता राना र प्रीति राईले एक–एक गोल गरे । दुबै खेलाडीले राष्ट्रिय टिमका लागि आफ्नो पहिलो खेलमै गोल गरेका हुन् ।
सबिताले१४ औं मिनेटमै विमला चौधरीको क्रसलाई सदुपयोग गर्दै हेड गोल गरिन् । त्यसैगरी, २२ औं मिनेटमा प्रीतिले नेपालको अग्रता दोब्बर पारिन् । खेलको ८३ औ मिनेटमा बंगलादेशबाट तोहुरा खातुनले एक गोल फर्काइन् । नेपालले एएफसी महिला एशियन कप – २०२२ छनोटका लागि तयारी स्वरुप बंगलादेशसँग मैत्रिपूर्ण खेल खेलेको हो । दुई टोलीबीच आइतबार दोस्रो मैत्रिपूर्ण खेल हुनेछ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0