'कोभिडको संक्रमण को जोखिममा पनि लुम्बिनी प्रदेशले पाएन स्वास्थ्य मन्त्री'

५ वर्ष अगाडि

दिपेश राज नेपाल , बुटवल  // केपी ओली प्रधानमन्त्री बाट हटेपछि नेकपा एमाले बाहेक अरु संयुक्त दाल को समर्थन बाट असार २९ गते शेरवहादुर देउवा मुलुकको प्रधानमन्त्री बने । प्रधानमन्त्री भए सङै देउवाले आँफूसँगै चार जना मन्त्रीलाई पनि सपथग्रहण गराए तर स्वास्थ्यमन्त्रीको जिम्मेवारी कसैलाई दिएनन्। कोभिडको महामारीमा स्वास्थ्यमन्त्री नियुक्त नगरेको भनेर आलोचना भयो।

छिटो स्वास्थ्यमन्त्री नियुक्त गर्न प्रधानमन्त्रीलाई दबाब पनि आयो। चौतर्फी दबाबपछि देउवाले आँफू प्रधानमन्त्रीमा नियुक्त भएको १२ दिनपछि विभागीय जिम्मेवारी आफैसँग राखेर उमेश श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरे।

केन्द्रमा जस्तै लुम्बिनी प्रदेशमा पनि कोभिडको यो समयमा स्वास्थ्य मन्त्रालयलाई बेवास्ता गरिएको छ। ६ जना मन्त्री नियुक्त हुँदा पनि अझै प्रदेश सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्री पाएको छैन। विहिवार शंकर पोखरेललाई विस्थापित गर्दै कुलप्रसाद केशी लुम्बिनी प्रदेशको मुख्यमन्त्री भए। मुख्यमन्त्री भएसँगै केशीले ३ जनालाई विभागीय र ३ जनालाई विनाविभागीय गरि ६ जनालाई मन्त्री बनाए तर स्वास्थ्य मन्त्रालय कसको भागमा पर्ने भन्ने अजै टुंगो लागेको छैन।

कोभिडको बेलामा स्वास्थ्य मन्त्री छिटो नियुक्त हुनु अपरिहार्य रहेको लुम्बिनी प्रदेशका स्वास्थ्य निर्देशनालयका एक अधिकारी बताउँछन्। ‘मन्त्रीपरिषदमा प्रस्ताव लैजान, नितीगत निर्णय गर्न मन्त्री त चाहिन्छ । अझ यो कोभिडको बेला विभागिय मन्त्री अति आवश्यक नै छ । ‘अस्ती भरखर मुख्यमन्त्री नियुक्त हुनुभएको छ। अहिले त कुनै समस्या छैन। धेरै दिन मन्त्रालयमा मन्त्री नहुँदा समस्या आउन सक्छ।’

कुलप्रसाद केशी मुख्यमन्त्री भएर आएपछि क्यान्सर पिडित, मिर्गौला पिडीतलाई २ लाख रुपैया दिने निर्णय गरेको थियो। त्यो निर्णय कार्यान्वयन गरेर निर्देशनालयमा पठाउन मन्त्री चाहिने हुन्छ । हुन त अहिले मन्त्रालय सम्हालेका मुख्यमन्त्रीले नै मन्त्रीको भुमिका निर्णय गर्न सक्छन्। तर कार्य व्यवस्तताले मन्त्रीलाई जस्तो मुख्यमन्त्रीलाई भने सहज हुँदैन।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो