'१३ औं साफ च्याम्पियनसिप फुटबल माल्दिभ्समा हुने'

५ वर्ष अगाडि

एजेन्सी । १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता माल्दिभ्समा आयोजना हुने भएको छ । प्रतियोगिता अक्टोबर १ देखी १३ गतेसम्म संचालन हुने बताईएको छ।

सोमबार बसेको दक्षिण एसियाली फुटबल महासंघ साफको कार्यकारी समितिको बैठकले प्रतियोगिता आयोजनाको जिम्मा माल्दिभ्सलाई दिने निर्णय गरेको अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव इन्द्रमान तुलाधारले जानकारी दिए ।

च्याम्पियनसिपमा नेपाल, भारत, बंगलादेश, माल्दिभ्स र श्रीलंकाले खेल्ने पक्का भईसकेको छ भने भुटानले तीन दिनपछि निर्णय दिने बताइएको छ । एकबर्ष पछि धकेलिएको प्रतियोगिता यस अघि सेप्टेम्बर १४ देखि २५ सम्म बंगलादेशको ढाकामा हुने तालिका रहेको थियो । तर, आयोजक बंगलादेशले कोरोनाका कारण आयोजना नगर्ने जानकारी गराएपछि  एन्फाले प्रतियोगिता आयोजनाको जिम्मा माल्दिभ्सलाई दिने  निर्णय गरेको हो ।प्रतियोगिताका लागि नेपाली टोली बन्द प्रशिक्षणमा रहेर अभ्यास गरिरहेको छ । अभ्यासका लागि नेपाली टोली मंगलबार पोखरा जाने छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

विकासप्रेमी खत्रीनै रुपन्देही एकको आशा र भरोसा हुन्ः मतदाता

रुपन्देही–१ मा चुनावी सरगर्मी: दधिराम न्यौपानेको पक्षमा बढ्दो जनलहर

देवदह ई.बो स्कूलमा सदनात्मक दोहोरी प्रतियोगिता सम्पन्न

यूएईमा मारिएका नेपालीको पहिचान खुल्यो, शव नेपाल ल्याउने तयारी

यूएईमा गरिएको इरानी आक्रमणमा परि एक नेपालीसहित तीन जनाको मृत्यु

जेष्ठ नागरिकको उपचार सरल बनाउने बोहराको प्रतिबद्धता, देवदहबाट ६५ जना राप्रपा प्रवेश

देवदहका विद्यालयहरूमा स्काउटको लहर: जनता र देवदह माविमा ८० विद्यार्थी दीक्षित

अब युवाहरुलाई स्वदेशमै रोजगारीको ग्यारेन्टि गर्नुपर्छः उम्मेद्वार खत्री