'देवदहमा रोटरी र रोटोर्याक्टको संयुक्त आयोजनमा वृक्षरोपण'

५ वर्ष अगाडि

देवदह //रुपन्देहीको देवदहमा संरक्षण सहितको वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।

प्रभाबकारीताका लागि बृक्षरोपण भन्ने मुल नाराका साथ रोटरी कल्व अफ तिलोत्तमा रुपन्देही , रोटर्याक्ट क्ल्व अफ तिलोत्तमा देवदह , रोटर्याक्ट कल्व अफ तिलोत्तमा रुपन्देही र रोटर्याक्ट क्लव अफ तिलोत्तमा सुद्धोधनको संयुक्त आयोजना उक्त कार्यक्रम कार्यक्रम देबदहको गौतम बुद्ध राष्ट्रिय उद्धानमा सम्पन्न भएको हो । रोटरी रोटर्याक्ट भाटीका निर्माणका लागि उक्त कार्यक्रममा ५० थान धुपिका बिरुवाहरु रोपिएको हो।

कार्यक्रमको प्रमुख अतिथी समेत रहनु भएकीबुद्ध सामुदायिक बन उपभोक्ता समुहकि सचिब
राधिका अर्याल कार्यक्रममा बोल्दै उद्धानलाई अझ आकर्षक गराउन सामाजिक सस्थाहरुको भुमिका महत्वपूर्ण रहेको र आगामी दिनमा बृक्षरोपण गरेका बिरुवाको संरक्षण गरि आफ्ना भाबी योजना सहित अघि बढ्न क्लवलाइ आग्रह समेत गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै रोटर्याक्ट क्लव अफ तिलोत्तमा देवदहका अध्यक्ष सुनिल गिरीले गौतम बुद्ध राष्ट्रिय उद्धान एउटा पर्यटकीय सम्भावना बोकेको क्षेत्र भएको हुदा यसको समग्र बिकासका लागि देवदहका सम्पुर्ण सामाजिक सस्थाहरुको योगदान आवस्यक रहेको औल्याउँदै भाबी दिनमा समेत बुद्ध सामुदायिक बन संग सहकार्य गरेर अघि बड्ने कुरा उल्लेख गर्नु भएको थियो । साथै कार्यक्रममा बोल्दै रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीका अध्यक्ष रोटरियन बिष्णु चापागाइले गौतम बुद्ध रास्ट्रीय उद्धानमा रोटर्याक्ट रोटरी भाटिका निर्माणका लागि जग्गा उपलब्ध गराइदिनु भएकोमा बुद्ध बनलाइ बिशेष धन्यबाद दिदै भाटीका निर्माणका लागि आफ्नो साथ सहयोग रहने बताउनु भएको थियो ।

कार्यक्रम चारै क्लबका अध्यक्ष रोटरियन बिष्णु चापागाइ , रोटर्याक्टर सुनिल गिरी , रोटर्याक्टर नवीन अर्याल र रोटर्याक्टर सरोज खनालको सम्युक्त अध्यक्षता , रोटर्याक्ट क्लव अफ तिलोत्तमा रुपन्देहीका अध्यक्ष नवीन अर्याल ज्युको स्वागत र रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीका सह सचीव अर्जुन प्रसाद आचार्यको संचालनमा भएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सरकारद्वारा विभिन्न ८ अध्यादेश प्रतिनिधिसभामा पेश

चार्जिङ स्टेसन जडानका लागि घुस लिएको आरोपमा प्राधिकरण प्रमुखविरुद्ध मुद्दा दायर

डीपी अर्यालले प्रतिनिधि सभामा बैठक सञ्चालनका लागि ७ सदस्य मनोनीत

विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश जारी

बर्दिया राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, चालकसहित १८ जना घाइते

मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु

नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि एसएसपीसम्मको सरुवा रोकिँदा कमान्ड व्यवस्थापन प्रभावित

सन्दीप जोराको शानदार शतक, नेपाल ‘ए’बाट अमेरिकाविरुद्ध १११ रनको उत्कृष्ट पारी