देवदह //रुपन्देहीको देवदहमा रोटरी क्लब अफ देवदहले बिहिवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
“रक्तदान जिवनदान” भन्ने मूल नाराका साथ रोटरी क्लब अफ देवदहको आयोजना , नेपाल रेड क्रस सोसाइटी देवदह उपसाखाको सह आयोजना र देवदह अनमोल ईलेक्ट्रीकल, ईन्द्र सुन चादी पसल, वि एन कोल्ड स्टोर र माहाविर कलेक्सनको सहयोगमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका देवदह नगरपालिका नगर प्रमुख हिरा केसीले कार्यक्रममा बोल्दै रोटरी क्लब अफ देवदहले बर्ष २०२१/२२ को आफ्नो पहिलो कार्यक्रम रक्तदान जस्तो महान् कार्यबाट गरेकोमा प्रशंसा गर्दै नयाँ निर्मित समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो । क्लबले आफ्नो कार्यक्रमहरुको लक्ष्य बनाउदा आफ्नो क्लबको भन्दा पनि यहाको समाजको विकास र प्रगतिको लागि लक्ष्य बनाउदै अघि बढोस् भन्ने सुझाव दिनुभएको थियो । क्लबले गरेका यस्ता रचनात्मक कार्यहरुमा आफू र देवदह नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो।
कार्यक्रममा रोटरीयन जीवन कास्यपती , रोटरीयन कृष्ण पाण्डे लगाएतले बोल्दै रगत दानभन्दा ठूलो अरू दान हुन नसक्ने बताउदै रक्तदान गर्ने सम्पूर्णलाइ धन्यवाद व्यक्त गरेका थिए ।
रक्तदानमा १९ पिन्ट रगत संकलन गरिएको कार्यक्रम संयोजक डा. सन्दर पाण्डेले जानकारी दिनुभयो । कार्यक्रम क्लबका अध्यक्ष रोटरीयन कृष्ण सापकोटाको अध्यक्षता र रोटरीयन सुनिल गिरिको संचालनमा भएको थियो ।