Pixel wave advertisement

'ठगी मुद्दामा फरार पूर्वमाओवादी सांसद दिलिप साहका छोरा पक्राउ'

मंसिर १२, २०८३

ठगीसम्बन्धी मुद्दामा फरार रहेका पूर्वमाओवादी सांसद दिलिप साहका छोरा सन्तुलनकुमार यादव पक्राउ परेका छन्।

Advertisement

सिरहा मिर्चैया नगरपालिका–६ निवासी २७ वर्षीय यादवलाई ६ मंसिर राति ९:५० बजे कटारी चोकस्थित मन्चुरिया होटल अगाडिबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Advertisement

इलाका प्रहरी कार्यालय मिर्चैयाबाट प्रहरी निरीक्षक जीवकान्त चौधरीको कमान्डमा खटिएको टोलीले यादवलाई पक्राउ गरेको हो।

Advertisement

पक्राउ परेका यादवका बुवा दिलिप साह २०६४ सालको संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा ९माओवादी० बाट सभासद् बनेका थिए। उनी हाल नेपाली कम्युनिस्ट पार्टीसँग आबद्ध रहेको बताइएको छ।

प्रहरीका अनुसार यादव ठगीसम्बन्धी मुद्दामा फरार प्रतिवादीका रूपमा रहेका थिए। पक्राउपछि उनलाई इलाका प्रहरी कार्यालय मिर्चैयामा ल्याइएको छ।

यादवमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) रमेशबहादुर पालले जानकारी दिए।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
Advertisement
Advertisement
Why birth certificate
Notice
यो पनि पढ्नुहोस

पूर्वमुख्यसचिव एकनारायण अर्याललाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री बालेन शाहको भेटवार्ता

गृहमन्त्री सुधन गुरुङको विवाह मंसिर १७ गते गोरखामा हुने

भारतबाट १५० मेगावाट विद्युत् खरिद गर्न प्राधिकरणद्वारा प्रस्ताव आह्वान

रास्वपा सभापति रवि लामिछानेले गरे राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता

कारागारबाट रिहा भएपछि पहिलोपटक अर्घाखाँची पुगे टोपबहादुर रायमाझी

बजार अनुगमनमा लागेको जरिबाना एक महिनाभित्र तिर्न सरकारको अल्टिमेटम

सुनचाँदीका गरगहना अर्डर गर्दा ७५ प्रतिशत रकम अग्रिम भुक्तानी गर्नुपर्ने