Pixel wave advertisement

'भारतबाट १५० मेगावाट विद्युत् खरिद गर्न प्राधिकरणद्वारा प्रस्ताव आह्वान'

मंसिर १२, २०८३

नेपाल विद्युत् प्राधिकरणले भारतबाट १ सय ५० मेगावाट विद्युत् खरिद गर्न भारतीय विद्युत् व्यापारिक कम्पनीहरूसँग प्रस्ताव मागेको छ ।

Advertisement

प्राधिकरणले चौबिसै घण्टा (राउन्ड द क्लक-आरटीसी) विद्युत् आपूर्ति गर्ने गरी प्रतिस्पर्धात्मक प्रक्रिया मार्फत विद्युत् खरिद गर्न भारतीय कम्पनीहरूसँग प्रस्ताव मागेको हो ।

Advertisement

प्राधिकरणले शुक्रबार सूचना प्रकाशित गर्दै भारतका क्याटागोरी-१, २ र ३ अन्तर्गतका विद्युत् व्यापारिक अनुमतिपत्र प्राप्त कम्पनीले प्रस्ताव पेस गर्न सक्ने जनाएको छ ।

Advertisement

प्रस्ताव पेस गर्ने अन्तिम मिति २८ डिसेम्बर २०२६ ९१३ पुस २०८३० दिउँसो १२ बजेसम्म तोकिएको छ । प्राधिकरणले सोही दिन दिउँसो १ बजे प्राविधिक प्रस्ताव खोल्ने जनाएको छ ।

बोलपत्र दस्तुर बापत भारतीय रुपैयाँ १२ हजार ५ सय वा त्यस बराबर नेपाली रुपैयाँ बुझाउनुपर्ने छ । त्यस्तै बोलपत्रदाताले प्रस्ताव गरेको कुल विद्युत् क्षमताको प्रतिमेगावाट प्रतिमहिना ५५ हजार भारुका दरले धरौटी (अर्नेस्ट मनी डिपोजिट) राख्नुपर्ने छ ।

प्राधिकरणको सूचना अनुसार बोलपत्र सम्बन्धी कागजात सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय बोलपत्र पोर्टलबाट डाउनलोड गर्न सकिने छ । इच्छुक कम्पनीले सोही पोर्टल मार्फत विद्युतीय रूपमा बोलपत्र पेस गर्नुपर्ने छ ।

प्राविधिक प्रस्ताव प्राधिकरणको केन्द्रीय कार्यालय दरबारमार्गमा खोलिने छ । प्रस्ताव खोल्ने क्रममा उपस्थित हुन चाहने बोलपत्रदाता वा उनीहरूका आधिकारिक प्रतिनिधि सहभागी हुन सक्नेछन् ।

प्राधिकरणले प्राप्त प्रस्तावमध्ये कुनै वा सबै प्रस्ताव स्वीकार वा अस्वीकार गर्न सक्ने अधिकार आफूमा सुरक्षित राखेको जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
Advertisement
Advertisement
Why birth certificate
Notice
यो पनि पढ्नुहोस

पूर्वमुख्यसचिव एकनारायण अर्याललाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री बालेन शाहको भेटवार्ता

गृहमन्त्री सुधन गुरुङको विवाह मंसिर १७ गते गोरखामा हुने

रास्वपा सभापति रवि लामिछानेले गरे राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता

कारागारबाट रिहा भएपछि पहिलोपटक अर्घाखाँची पुगे टोपबहादुर रायमाझी

बजार अनुगमनमा लागेको जरिबाना एक महिनाभित्र तिर्न सरकारको अल्टिमेटम

सुनचाँदीका गरगहना अर्डर गर्दा ७५ प्रतिशत रकम अग्रिम भुक्तानी गर्नुपर्ने

सुकुम्वासीलाई वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरबाट हटाउने निर्णय फिर्ता लिन महामन्त्री राणाको माग