Pixel wave advertisement

'कारागारबाट रिहा भएपछि पहिलोपटक अर्घाखाँची पुगे टोपबहादुर रायमाझी'

मंसिर १२, २०८३

नेकपा एमालेका नेता टोपबहादुर रायमाझी कारागारबाट रिहा भएपछि गृह जिल्ला अर्घाखाँची पुगेका छन्।

Advertisement

पूर्वउपप्रधानमन्त्री समेत रहेका रायमाझी आज गृहजिल्ला पुगेका हुन्।

Advertisement

उनी गृहजिल्ला पुग्दा पार्टीका नेता कार्यकर्ताले स्वागत गरेका थिए। उनले आफूलाई जिल्लावासीले न्याय गर्ने विश्वास व्यक्त गर्दै जिल्लामा रोकिएका विकास निर्माणका कामलाई अब अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।

Advertisement

उनले भने, ‘मलाई त अध्ययन गर्न पो पठाएजस्तो भइदियो। मलाई वास्तवमा भन्ने हो भने भट्टीमा हालिएकै हो, खरानी बनाउन खोजेकै हो, तर भट्टीबाट खारिएर स्टिल भएर आएजस्तो मलाई महसुस भएको छ। मलाई त आत्मविश्वास र शक्ति प्रदान भएको छ।’

उनले देश कसरी बनाउन सकिन्छ भन्ने शक्ति पनि आफूलाई अहिले प्राप्त भएको बताए।

उनले थपे, ‘मलाई हिजो त्यति आँट आउँथेन, अहिले आँट मलाई त्यति आएको छ। अब के गर्न पर्छ, कसरी गर्न पर्छ, यो देशलाई कसरी बनाउन पर्छ, विकास कसरी गर्नुपर्छ, देशलाई कसरी लानुपर्छ भन्ने झन् शक्ति पो बढेर आएको छ। यो मैले सिकेर आएँ।’
उनले आफू भित्र बसेको समयलाई खेर नफालेको बताए। उनले पुराना पार्टीहरूले नयाँ ढङ्गले सोच्नुपर्ने बताए।

उनले भने, ‘हामी पुराना पार्टीहरू विचारले नयाँ हुनुपर्छ। विधि, योजना, कार्यक्रम र सोच्ने चिन्तनले हामी नयाँ नभईकन हामीले अब गर्न सक्दैनौँ। पुरानो तरिकाले गर्न सकिने स्थिति छैन। किनभने हाम्रो बच्चाहरू हामीले भनेको मान्दैनन्। अलिकति पढ्यो कि विदेशतिर लागिहाल्छन्।’

आफू जिल्लाको विकासमा सक्रिय हुने भन्दै बाचुन्जेल देश र जनताको सेवामा लाग्ने बाचा गरे।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
Advertisement
Advertisement
Why birth certificate
Notice
यो पनि पढ्नुहोस

पूर्वमुख्यसचिव एकनारायण अर्याललाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री बालेन शाहको भेटवार्ता

गृहमन्त्री सुधन गुरुङको विवाह मंसिर १७ गते गोरखामा हुने

भारतबाट १५० मेगावाट विद्युत् खरिद गर्न प्राधिकरणद्वारा प्रस्ताव आह्वान

रास्वपा सभापति रवि लामिछानेले गरे राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता

बजार अनुगमनमा लागेको जरिबाना एक महिनाभित्र तिर्न सरकारको अल्टिमेटम

सुनचाँदीका गरगहना अर्डर गर्दा ७५ प्रतिशत रकम अग्रिम भुक्तानी गर्नुपर्ने

सुकुम्वासीलाई वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरबाट हटाउने निर्णय फिर्ता लिन महामन्त्री राणाको माग