गृहमन्त्री सुधन गुरुङको विवाह आगामी मंसिर १७ गते हुने निश्चित भएको छ ।
पारिवारिक स्रोतका अनुसार उनको गृहजिल्ला गोरखामा विवाह हुन लागेको हो ।
गृहमन्त्रीले कानूनी विवाह धेरैअघि गरेको भए पनि सांस्कृतिक विधिअनुसार अहिले विवाह गर्न लागेका हुन् । आज उनको इन्गेजमेन्ट काठमाडौंमा नै भइरहेको स्रोतले जानकारी दियो ।
इन्गेजमेन्टमा धेरै अतिथिहरू बोलाइएको छैन । गुरुङ र उनकी पत्नीका परिवारजन मात्रै उपस्थित छन् । विवाह भने धुमधामले गर्ने गुरुङको तयारी छ ।
कानूनी विवाहपश्चात गुरुङकी पत्नी अमेरिका भासिएकी थिइन् । उनी केही समयअघि नेपाल फर्किएकी हुन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0