Pixel wave advertisement

'सुनचाँदीका गरगहना अर्डर गर्दा ७५ प्रतिशत रकम अग्रिम भुक्तानी गर्नुपर्ने'

मंसिर १२, २०८३

सुनचाँदीका गरगहना अर्डर गर्दा ग्राहकले कुल रकमको ७५ प्रतिशत अग्रिम भुक्तानी गर्नुपर्ने नेपाल रत्न तथा आभूषण संघले जनाएको छ।

Advertisement

सुनको मूल्यमा भइरहेको निरन्तर उतारचढावका कारण ग्राहकले अर्डर रद्द गर्ने क्रम बढेको भन्दै यस्तो व्यवस्था गरिएको संघले जनाएको छ ।

Advertisement

संघले जारी गरेको सूचनाअनुसार सुनचाँदीका गरगहना अर्डर गरिसकेपछि कुनै कारणवश ग्राहकले अर्डर रद्द गरी रकम फिर्ता मागेमा तयार भइसकेको वा निर्माण प्रक्रियामा रहेको गरगहनाको ज्याला तथा जर्ती कट्टा गरिनेछ । त्यसपछि बाँकी रकम मात्रै ग्राहकलाई फिर्ता गरिने छ ।

Advertisement

विश्व बजारमा सुनको मूल्यमा भइरहेको उतारचढावका कारण अर्डर रद्द गर्ने प्रवृत्ति बढ्दै गएको र त्यसले व्यवसायमा समस्या सिर्जना गरेको संघको भनाइ छ ।
सूचनामा भनिएको छ,‘विश्व बजारमा सुनको मूल्यमा भइरहेको निरन्तर उतार चढावका कारण सुनचाँदीका गरगहना अर्डर गर्ने क्रममा ग्राहकवर्गबाट अर्डर रद्द गर्ने प्रवृत्ति बढ्दै गएको हुँदा सुनका गरगहना अर्डर गरिसकेपछि ग्राहकबाट कुनै कारणवस अर्डर रद्द गरी रकम फिर्ता माग भएमा तयार भइसकेको वा निर्माण प्रक्रियामा रहेको गरगहनाको ज्याला जर्ती कट्टा गरी बाँकी रकम मात्र फिर्ता गरिनेछ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
Advertisement
Advertisement
Why birth certificate
Notice
यो पनि पढ्नुहोस

पूर्वमुख्यसचिव एकनारायण अर्याललाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री बालेन शाहको भेटवार्ता

गृहमन्त्री सुधन गुरुङको विवाह मंसिर १७ गते गोरखामा हुने

भारतबाट १५० मेगावाट विद्युत् खरिद गर्न प्राधिकरणद्वारा प्रस्ताव आह्वान

रास्वपा सभापति रवि लामिछानेले गरे राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता

कारागारबाट रिहा भएपछि पहिलोपटक अर्घाखाँची पुगे टोपबहादुर रायमाझी

बजार अनुगमनमा लागेको जरिबाना एक महिनाभित्र तिर्न सरकारको अल्टिमेटम

सुकुम्वासीलाई वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरबाट हटाउने निर्णय फिर्ता लिन महामन्त्री राणाको माग