Pixel wave advertisement

'रसुवा–भोटेकोशी बाढीमा बेपत्ता ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न सरकारसमक्ष सिफारिस'

मंसिर १२, २०८३

रसुवा–भोटेकोशी बाढीमा बेपत्ता भएका ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले नेपाल सरकारसमक्ष सिफारिस गरेको छ ।

Advertisement

गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा आज बसेको समितिको ३८औँ बैठकले ४८ जिल्लाबाट यकिन भई आएका ३ हजार ९१५ जना स्वदेशी नागरिकलाई मृत घोषणा गर्न सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

Advertisement

यसैगरी, सातवटा विदेशी नियोगबाट यकिन भई आएका ६२३ जना विदेशी नागरिकको विवरणसमेत बैठकमा प्रस्तुत भएको जनाइएको छ ।

Advertisement

विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ को दफा २ को उपदफा ९३० मा विपद्मा परी बेपत्ता भएका व्यक्तिलाई नेपाल सरकारले मृत घोषणा गर्नसक्ने व्यवस्था छ ।

यसअघि स्वदेशी नागरिकका हकमा सम्बन्धित स्थानीय तहको सिफारिस र जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयका आधारमा विवरण सङ्कलन गरिएको थियो ।

विदेशी नागरिकका हकमा सम्बन्धित मुलुकको नेपालस्थित नियोग वा नेपाल हेर्ने गरी तोकिएको नियोगबाट प्राप्त सूचीका आधारमा दाबी पेस गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दुई चरणमा सातदिने सूचना प्रकाशन गरेको थियो ।

बैठकले ‘सबैका लागि पूर्वसूचना (अर्ली वार्निङ फर अल) राष्ट्रिय मार्गचित्र, २०८३–२०८७’ पनि स्वीकृत गरेको छ । उक्त मार्गचित्रले २०८७ सालसम्म नेपालका सबै समुदायमा प्रकोपसम्बन्धी पूर्वसूचना पुर्‍याउने लक्ष्य राखेको छ । यसका लागि बहुप्रकोप पूर्वसूचना प्रणालीको प्रभावकारी विस्तार, स्तरोन्नति र सञ्चालन गरिने जनाइएको छ ।

त्यसैगरी, बैठकले वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय रणनीति, २०८३ तथा कार्ययोजना, २०८३र८४–२०९१र९२ स्वीकृत गरेको छ ।

बैठकले वायु प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय कार्ययोजना, २०८३–२०८७ समेत स्वीकृत गरेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
Advertisement
Advertisement
Why birth certificate
Notice
यो पनि पढ्नुहोस

पूर्वमुख्यसचिव एकनारायण अर्याललाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री बालेन शाहको भेटवार्ता

गृहमन्त्री सुधन गुरुङको विवाह मंसिर १७ गते गोरखामा हुने

भारतबाट १५० मेगावाट विद्युत् खरिद गर्न प्राधिकरणद्वारा प्रस्ताव आह्वान

रास्वपा सभापति रवि लामिछानेले गरे राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता

कारागारबाट रिहा भएपछि पहिलोपटक अर्घाखाँची पुगे टोपबहादुर रायमाझी

बजार अनुगमनमा लागेको जरिबाना एक महिनाभित्र तिर्न सरकारको अल्टिमेटम

सुनचाँदीका गरगहना अर्डर गर्दा ७५ प्रतिशत रकम अग्रिम भुक्तानी गर्नुपर्ने