Pixel wave advertisement

'सर्लाहीमा मोटरसाइकल नहरमा खस्दा २३ वर्षीय युवकको मृत्यु, एक जना घाइते'

मंसिर १२, २०८३

सर्लाहीको बरहथवा नगरपालिका–१७ कटानीमा मोटरसाइकल अनियन्त्रित भई नहरमा खस्दा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

Advertisement

बुधबार साँझ करिब ७ बजे मलंगवाबाट सितापुरतर्फ जाँदै गरेको प्रदेश २–०३–००७ प ८५८० नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलबाट नहरमा खसेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

Advertisement

दुर्घटनामा मोटरसाइकल चालक बरहथवा नगरपालिका–१ नयाँ बजारका २३ वर्षीय रुपेश पासवान गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि बरहथवास्थित भेनस अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

Advertisement

मोटरसाइकलको पछाडि सवार सोही स्थानका २२ वर्षीय सुवेश पासवानको चिउँडोमा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
Advertisement
Advertisement
Why birth certificate
Notice
यो पनि पढ्नुहोस

पूर्वमुख्यसचिव एकनारायण अर्याललाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री बालेन शाहको भेटवार्ता

गृहमन्त्री सुधन गुरुङको विवाह मंसिर १७ गते गोरखामा हुने

भारतबाट १५० मेगावाट विद्युत् खरिद गर्न प्राधिकरणद्वारा प्रस्ताव आह्वान

रास्वपा सभापति रवि लामिछानेले गरे राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता

कारागारबाट रिहा भएपछि पहिलोपटक अर्घाखाँची पुगे टोपबहादुर रायमाझी

बजार अनुगमनमा लागेको जरिबाना एक महिनाभित्र तिर्न सरकारको अल्टिमेटम

सुनचाँदीका गरगहना अर्डर गर्दा ७५ प्रतिशत रकम अग्रिम भुक्तानी गर्नुपर्ने