Pixel wave advertisement

'एलपी ग्यासको सहज आपूर्तिका लागि आयल निगमको निर्देशन'

मंसिर १०, २०८३

उपभोक्तालाई खाना पकाउने एलपी ग्यास सहज र नियमित आपूर्ति सुनिश्चित गर्न नेपाल आयल निगमले ग्यास उद्योगहरूलाई आयातदेखि बजार वितरणसम्मका सबै चरण पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन दिएको छ ।

Advertisement

निगमको एलपी ग्यास तथा एभिएसन विभागले परिपत्र जारी गर्दै देशभरि ग्यास आपूर्ति व्यवस्था थप सहज, नियमित र प्रभावकारी बनाउन उद्योगहरूलाई आग्रह गरेको हो ।

Advertisement

निगमले बजार माग अनुसार एलपी ग्यास आयात अधिकतम बढाउन, भन्सारमा रहेका ग्यास बुलेट समयमै छुटाइ आपूर्ति प्रणालीमा ल्याउन र उद्योगहरूको भण्डारण क्षमताको पूर्ण उपयोग गरी पर्याप्त मौज्दात राख्न निर्देशन दिएको छ ।

Advertisement

त्यस्तै ग्यास विक्रेता र बजारमा रहेका सिलिन्डरहरू पूर्ण क्षमतामा भरी उपभोक्तासम्म नियमित आपूर्ति सुनिश्चित गर्नसमेत उद्योगहरूलाई भनिएको छ ।

यस पहल अन्तर्गत ग्यास आपूर्ति व्यवस्थाका तीन वटै महत्त्वपूर्ण पक्ष आयात वृद्धि, भण्डारण व्यवस्थापन र बजार वितरण सहजता एकीकृत रूपमा परिचालन गरिने निगमले जनाएको छ ।

आपूर्ति शृङ्खलामा कुनै अवरोध आउन नदिई आम नागरिकलाई नियमित र सहज ग्यास उपलब्ध गराउनु सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै आयात, भण्डारण र वितरणबीचको प्रभावकारी समन्वयले बजार व्यवस्थापन थप व्यवस्थित हुने अपेक्षा गरिएको छ ।

यसैबीच निगमले उपभोक्तालाई आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न, अनावश्यक रूपमा सिलिन्डर सञ्चिति नगर्न तथा बजारमा कृत्रिम अभाव सिर्जना गर्ने खालका गतिविधिमा संलग्न नहुन अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
Advertisement
Advertisement
Why birth certificate
Notice
यो पनि पढ्नुहोस

पूर्वमुख्यसचिव एकनारायण अर्याललाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री बालेन शाहको भेटवार्ता

गृहमन्त्री सुधन गुरुङको विवाह मंसिर १७ गते गोरखामा हुने

भारतबाट १५० मेगावाट विद्युत् खरिद गर्न प्राधिकरणद्वारा प्रस्ताव आह्वान

रास्वपा सभापति रवि लामिछानेले गरे राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता

कारागारबाट रिहा भएपछि पहिलोपटक अर्घाखाँची पुगे टोपबहादुर रायमाझी

बजार अनुगमनमा लागेको जरिबाना एक महिनाभित्र तिर्न सरकारको अल्टिमेटम

सुनचाँदीका गरगहना अर्डर गर्दा ७५ प्रतिशत रकम अग्रिम भुक्तानी गर्नुपर्ने