Pixel wave advertisement

'चितवन राइनोजलाई २४ रनले हराउँदै कर्णाली याक्सले जित्यो अन्तिम खेल'

कार्तिक ३०, २०८३

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सले जित निकालेको छ ।

Advertisement

आफ्नो अन्तिम खेलमा कर्णालीले चितवन राइनोजलाई २४ रनले हराएको हो । यद्यपि, कर्णाली प्लेअफमा पुग्न सकेन र चितवनले प्लेअफमा स्थान बनाइसकेको छ ।

Advertisement

कर्णालीले दिएको १५४ रनको लक्ष्य पछ्याएको चितवन १९.१ ओभरमा १२९ रनमा अलआउट भयो ।

Advertisement

उसामा मिरले अविजित २८ रन जोड्दा कामिल मिश्राले २५ कुशल मल्लले १८, देव खनालले १४ रन बनाए ।

बलिङतर्फ कर्णालीका हुसैन तलातले तीन तथा पवन सर्राफ मार्क वाटले दुई–दुई विकेट लिए । सोमपाल कामीले एक विकेट हात पारे ।

त्यसअघि टियु मैदानमा टस जितेर ब्याटिङ थालेको कर्णालीले २० ओभरमा ८ विकेटको क्षतिमा १५३ रन जोड्यो ।

हुसैन तलातले अर्धशतक बनाए । उनी ५१ रनमा अविजित रहे । यस्तै, अरिफुल इस्लामले ३५, गुलशन झाले १८ तथा पवन सर्राफले १५ रन जोडे ।

बलिङतर्फ चितवनका कमल सिंह ऐरी, सलाहुद्दीन खान र उसामा मीरले दुई–दुई विकेट लिए भने सिकन्दर रजा र रिजन ढकालले एक–एक सफलता हात पारे ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
Advertisement
Advertisement
Why birth certificate
Notice
यो पनि पढ्नुहोस

सिन्धुपाल्चोकमा चोरीका मोटरसाइकलसहित तीन जना पक्राउ

सुनको भाउ तोलामा १ हजार ५ सय रुपैयाँले घट्यो

डोल्पामा सडक निर्माणका क्रममा सुक्खा पहिरोमा परी घाइते कार्यवाहक वडाध्यक्षको उपचारका क्रममा मृत्यु

कर्णाली याक्सद्वारा चितवन राइनोजलाई १५४ रनको लक्ष्य

त्रिभुवन विमानस्थलबाट साढे ३ किलो थाई गाँजासहित भारतीय युवक पक्राउ

चिल्हियाको बाउन्न कोटी धाममा तिलोत्तमा कन्टेन्ट क्रिएटर मिटअप २०८३ सम्पन्न

दाङमा साथीले पेट्रोल छर्केर आगो लगाएका चौधरीको उपचारका क्रममा मृत्यु

डिपिएल तेश्रो संस्करणको उपाधि बिर्ता राईनोजलाई