Pixel wave advertisement

'डोल्पामा सडक निर्माणका क्रममा सुक्खा पहिरोमा परी घाइते कार्यवाहक वडाध्यक्षको उपचारका क्रममा मृत्यु'

कार्तिक ३०, २०८३

सडक निर्माणका क्रममा माथिबाट ढुङ्गासहितको सुक्खा पहिरो खस्दा घाइते भएका डोल्पाको काइके गाउँपालिका–७ का कार्यवाहक वडाध्यक्ष भीमबहादुर बूढाको उपचारका क्रममा निधन भएको छ ।

Advertisement

गत बिहीबार दिउँसो करिब ४ बजे काइके गाउँपालिका–७ लावनमा सडक निर्माण भइरहेको स्थानमा माथिबाट एक्कासि ढुङ्गासहितको सुक्खा पहिरो खस्दा ३४ वर्षीय बूढा गम्भीर घाइते भएका थिए ।

Advertisement

पहिरोमा परी घाइते भएका बूढालाई स्थानीय र सुरक्षाकर्मीको सहयोगमा उद्धार गरी जिल्ला अस्पताल डोल्पा पुर्‍याइएको थियो । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि शुक्रबार नेपालगन्ज लगिएको थियो ।

Advertisement

नेपालगन्जस्थित नर्सिङ होममा उपचारका क्रममा शनिबार उनको निधन भएको हो ।

बूढा २०७९ सालको स्थानीय तह निर्वाचनमा काइके गाउँपालिका–७ को वडा सदस्यमा निर्वाचित भएका थिए । उक्त वडाका वडाध्यक्ष काम विशेषले जिल्ला बाहिर रहेका कारण केही समयदेखि उनले कार्यवाहक वडाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
Advertisement
Advertisement
Why birth certificate
Notice
यो पनि पढ्नुहोस

चितवन राइनोजलाई २४ रनले हराउँदै कर्णाली याक्सले जित्यो अन्तिम खेल

सिन्धुपाल्चोकमा चोरीका मोटरसाइकलसहित तीन जना पक्राउ

सुनको भाउ तोलामा १ हजार ५ सय रुपैयाँले घट्यो

कर्णाली याक्सद्वारा चितवन राइनोजलाई १५४ रनको लक्ष्य

त्रिभुवन विमानस्थलबाट साढे ३ किलो थाई गाँजासहित भारतीय युवक पक्राउ

चिल्हियाको बाउन्न कोटी धाममा तिलोत्तमा कन्टेन्ट क्रिएटर मिटअप २०८३ सम्पन्न

दाङमा साथीले पेट्रोल छर्केर आगो लगाएका चौधरीको उपचारका क्रममा मृत्यु

डिपिएल तेश्रो संस्करणको उपाधि बिर्ता राईनोजलाई