'रुपन्देही–१ मा तीव्र विकासका लागि एमालेको जित आवश्यक : उम्मेदवार दधिराम न्यौपाने'

२ महिना अगाडि

देवदह । रुपन्देही क्षेत्र नम्बर १ लाई विकासको गतिमा अगाडि बढाउन नेकपा एमालेको जित आवश्यक रहेको एमाालेका उम्मेदवार दधिराम न्यौपानेले बताउनु भएको छ। रुपन्देहीको तिलोत्तमा नगरपालिका–७ र ९ मा आयोजित घरदैलो तथा भेटघाट कार्यक्रममा बोल्दै उहाँले विगतका उपलब्धि हेरेर मतदाताले निर्णय गर्नुपर्ने बताउनुभयो ।

उहाँले बुटवल र भैरहवा क्षेत्रमा भएका ठूला पूर्वाधार विकास, सडक विस्तार, शहरीकरण तथा सेवा सुविधाको विस्तार एमालेकै नेतृत्वमा सम्भव भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, हरेक समयलाई फर्केर हेर्ने हो भने विकासले गति लिएको समय एमालेकै पालामा भएको बताउनु भयो । रुपन्देही क्षेत्र नम्बर १ लाई पनि तीव्र विकासको मार्गमा लैजान एमालेको जित अपरिहार्य रहेको उहाले बताउनु भयो ।

उम्मेदवार न्यौपानेले सामाजिक सञ्जाल मार्फत आफूलाई नयाँ भनेर प्रस्तुत गर्दै परिवर्तनको कुरा गर्ने शक्तिहरूको विगतको इतिहास र कार्यशैली अध्ययन गरेर मात्रै मतदाताले मूल्याङ्कन गर्न आग्रह गर्नुभयो । उहाँले अनुभव, कार्यक्षमता र विगतको योगदानलाई आधार मानेर मतदान गर्न आग्रह गर्नु भयो । उहाँले चुनावपछि क्षेत्रका हरेक वडामा पुगेर आवश्यकताको पहिचान गर्दै गाउँ÷गाउँसम्म पुग्ने विकास योजना तयार गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
100%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1
यो पनि पढ्नुहोस

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत