'देवदहमा वृहत् रक्तदान कार्यक्रम सम्पन्न: ६२ युनिट रगत संकलन'

२ महिना अगाडि

रूपन्देहीको देवदहमा वृहत् रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ। “रक्तदान, जीवनदान, महादान”भन्ने मुल नारा तथा रक्तदान गरौँ  जीवन बचाऔँ भन्ने उद्वेश्य सहित सत्य साई सेवा संगठन नेपाल, श्री सत्य साई प्रदेश समिति–५ को आयोजनामा विहिवार कार्यक्रम सम्पन्न भएको हो। रक्त संचार सेवा केन्द्र बुटवलकाे प्राविधिक सहयाेगमा भएकाे कार्यक्रममा ६२ युनिट रगत संकलन भएकाे कार्यक्रम संयाेजक माेहन जिसीले जानकारी दिनु भयाे ।

साईं बाबाले एक थोपा रगतले कसैको जीवन बचाउन सक्छ।भन्नू भए जस्तै “सबैलाई प्रेम गर, सबैको सेवा गर” (Love All, Serve All) भन्ने भावनालाई आत्मसाथ गर्दै यस महान मानवीय  वर्षहरूमा जस्तै यस वर्ष पनि श्री सत्य साई सेवा सङ्गठन नेपाल (प्रदेश समिति ५) अन्तर्गत श्री सत्य साई केन्द्र भलुही द्वारा “केन्द्रको २८औ स्थापना दिवस” तथा प्रजातन्त्र दिवसको पावन अवसरमा बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको श्री सत्य साई केन्द्र भलुहीकि अध्यक्ष नेत्र माया गुरूङले जानकारी दिनु भयाे।

कार्यक्रममा स्थानीय युवायुवती, समाजसेवी तथा सर्वसाधारणको सक्रिय सहभागिता रहेको आयोजकले जनाएको छ। आयोजकका अनुसार रक्तदानले बिरामीको ज्यान बचाउन महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने बताइएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

क्लिनिकको चरम लापरवाहीले गर्ववती महिलाको मृत्यु, तिनदिन देखि शव अस्पतालमै

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय