'विकास र स्थायित्वको नेतृत्व एमालेले गर्छ : दधिराम न्यौपाने'

२ महिना अगाडि

देवदह । देशको समृद्धि, विकास र राजनीतिक स्थायित्वका लागि नेकपा एमाले निरन्तर संघर्षरत रहेको पार्टीका केन्द्रीय सदस्य दधिराम न्यौपानेले बताएका छन्। विभिन्न राजनीतिक दलहरूले आफूलाई देशकै शक्तिशाली र देशभक्त शक्ति भन्दै दाबी गर्ने गरे पनि विकास र परिवर्तनलाई संस्थागत गर्ने काम एमालेले नै गरेको उनको भनाइ थियो। शुक्रबार नेकपा एमाले देवदह–९ को निर्वाचन परिचालन तथा प्रचार–प्रसार कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उनले उक्त धारणा राखेका हुन्।

न्यौपानेले वर्तमान परिस्थितिमा पनि सरकार निर्माण र नेतृत्वका लागि एमाले अग्रपंक्तिमा रहने विश्वास व्यक्त गरे। एमाले नेतृत्वमा सडक विस्तार, पूर्वाधार निर्माण, औद्योगिकीकरण, शिक्षा क्षेत्र सुधार तथा पूर्व–पश्चिम राजमार्ग स्तरोन्नति जस्ता काम अघि बढाइएको उल्लेख गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गर्ने आधार तयार गरिएको र पुनः सरकारमा पुगेपछि त्यसलाई थप तीव्रता दिइने स्पष्ट पारे।

देवदह क्षेत्रमा पुल, सडक तथा अन्य ठूला आयोजना सम्पन्न गर्न केन्द्र सरकारबाट पर्याप्त बजेट आवश्यक पर्ने बताउँदै उनले स्थानीय तहले साना योजना सञ्चालन गर्न सक्ने भए पनि दीर्घकालीन पूर्वाधार विकासका लागि संघीय तहमा बलियो प्रतिनिधित्व अपरिहार्य रहेको धारणा राखे। साथै, दलित समुदायका समस्या समाधान, भूमि व्यवस्थापन र गरिब किसानलाई लालपुर्जा वितरण प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे। विगतमा आफ्नो नेतृत्वमा अघि बढाइएका योजनाहरू सरकार बाहिर हुँदा रोकिएको दाबी गर्दै पुनः सरकारमा पुगेपछि विकासले गति लिने विश्वास व्यक्त गरे।

कार्यक्रम शाखा कमिटीका अध्यक्ष राम प्रसाद विकको अध्यक्षता, नगर कमिटीका अध्यक्ष केशव भट्टराईको स्वागत मन्तव्य तथा केशव पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
100%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1
यो पनि पढ्नुहोस

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत