'अघिल्लो निर्वाचनको तुलनामा यसपटक मतदाताको संख्यामा ५.६५ प्रतिशतले वृद्धि'

४ महिना अगाडि

अघिल्लो निर्वाचनको तुलनामा यसपटक मतदाताको संख्यामा वृद्धि भएको छ ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुुसार २०७९ सालको चुनावमा भन्दा यसपटक मतदाताको संख्यामा ५.६५ प्रतिशतले वृद्धि भएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा सर्वपक्षीय छलफल जारी छ । जहाँ प्रस्तुतीकरण गर्दै भट्टराईले मतदाताको संख्यामा ५.६५ प्रतिशतले बृद्धि भएको जानकारी गराएका हुन् ।

निर्वाचन आयोगका अनुसार मतदाताको संख्या एक करोड ९० लाख ५ हजार ३२४ पुगेको छ ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० जना मतदाता थिए ।

यसपटक १० लाख १६ हजार ७५४ जना मतदाता थपिएर एक करोड ९० लाख ५ हजार ३२४ पुगेको हो । थपिएका १० लाख बढी मतदाता आगामी फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा पहिलोपटक मतदान गर्दैछन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो