'आइतबार नेप्से परिसूचक १९.९२ अंक घटेसँगै २५९५ मा कायम'

४ महिना अगाडि

सेयर बजार फेरि २६ सयमुनि झरेको छ ।

अघिल्लो कारोबार दिनको तुलनामा आज आइतबार नेप्से परिसूचक १९.९२ अंक घटेसँगै २५९५ मा कायम भएको छ । कारोबार सुरु भएदेखि दिनभर नेप्से रातो रह्यो ।

कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ४ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५२ करोडको भयो ।

४३ कम्पनीको मूल्य बढ्दा २०७ को घट्यो भने ७ को स्थिर रह्यो । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.६३ प्रतिशत घट्यो । त्यस्तै जीवन बीमा १.५२, विकास बैंक १.४२, फाइनान्स १.३८ प्रतिशत घटे ।

बैंकिङ ०.४७, जलविद्युत् ०.८६, लगानी ०.६२, उत्पादन तथा प्रशोधन ०।१०, निर्जीवन बीमा ०.८०, अन्य ०.४२ र व्यापार १.०१ प्रतिशत घटे ।

एउटा कम्पनी एसवाई प्यानलको मूल्य १० प्रतिशत बढ्यो । तेह्रथुम पावरको ८.२०, मानुषी लघुवित्तको ८.१४, लक्ष्मी लघुवित्तको ५.५७ प्रतिशत मूल्य बढ्यो ।

सिन्धु विकास बैंकको १०, नारायणी डेभलपमेन्ट बैंकको ७.५५, अपर स्याङ्गे हाइड्रोपावरको ७.४५, कर्पोरेट डेभलपमेन्ट बैंकको ६.६४ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा स्वस्तिक लघुवित्त, बाराही हाइड्रोपावर, सन नेपाल लाइफ इन्स्योरेन्स, लुम्बिनी विकास बैंक र नेपाल लाइफ इन्स्योरेन्स छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो