'१६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ को तयारी अन्तिम चरणमा'

४ महिना अगाडि

१६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ को तयारी अन्तिम चरणमा पुगेको छ ।

रुपन्देही उद्योग संघका अध्यक्ष तथा १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी मूल समिति संयोजक कृष्ण प्रसाद पराजुलले मंगलबार पत्रकार सम्मेलनमा बताउनुभयो ।

प्रदशनीको लागि स्टल निर्माणको काम, बालउद्यान निर्माण तथा तारबार रगंरोबनको काम अन्तिम चरण पुगेको बताउनु भयो । पौष २ गते जनचेतना ¥यालीको आयोजना तथा पौष ३ गते दिउसो २ः१६ मा उद्घाटन कार्यक्रम राखिएको उहाले बताउनुभयो । समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार भन्ने मुल नारा रहेको पर्दशनीमा स्वदेशी उत्पादन, नयाँ प्रविधि, पर्यटन तथा कृषि उत्पादन संग सम्बिन्धित वस्तुको लागि छुट्टा छुट्टै १० वटा पेभिलियन रहने पनि मुल समिति संयोजक पराजुलीले बताउनुभयो ।

मुक्तिनाथ देखी लुम्बिनी सम्मको झल्को दिने गरी धार्मिक पर्यटकिय क्षेत्रको पर्वद्धनमा जोड दिदै, स्वदेशी उद्योगका उत्पादन मात्रै प्रर्दशन र बजारीकरण गने प्रर्दशनीको प्रमुख उद्देश्य रहेको छ । प्रर्दशनीमा स्वदेशी उत्पादनको प्रर्दशनीसंगै नयाँ प्रविधिको खोजी, कृषिको प्रविधिकरण, पर्यटन पर्वद्धन, युवा उद्यमीलाई प्रोत्साहन, कला र संस्कृतिको जगेर्ना गर्ने खालका कार्यक्रमहरु पनि गरिने छ । प्रर्दशनीमा औद्योगिक प्रविधि, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छाला जुत्ता, खाद्यान्न, सुचना प्रविधि लगायतका करिव ३५० स्टलहरु रहनेछन ।

प्रर्दशनीलाई मनारञ्जनात्मक बनाउन लोकदोहोरी प्रतियोगिता, ख्यातिप्राप्ता गायकगायिकाको प्रस्तुती, हास्यकलाकार, स्थानिय कलाकारको प्रस्तुती, सांगितिक कार्यक्रम, विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिता, अन्तर कलेज बक्तृत्वकला प्रतियोगिता, लोक भजन प्रतियोगिता, प्रर्दशनी आईडल, हिपहप, मम्मी डान्स लगाएतका कार्यक्रमहरु संचालन हुनेछन ।

१५ दिन सम्म संचालन हुने प्रर्दशनीमा करिव ८ लाख दर्शकले अवलोकन गर्ने तथा २० करोड रुपैया बराबरको कारोबार हुने आयोजकले जनाएको छ । प्रदर्शनीका सम्पन्न गर्नका लागि रुपन्देही उद्योग संघका अध्यक्षको संयोजकत्वमा १०१ सदस्यीय मूल समिति, ५१ सदस्यीय विशेष सल्लाहकार समिति, २५१ सदस्यीय सल्लाहकार समिति, साथै निवर्तमान अध्यक्षको संयोजनमा विशेष मूल्याङ्कन समिति तथा ३० वटा विभिन्न उपसमिति गठन गरिएको छ ।

पर्दशनी यही पौष ३ गतेदेखी बुटवल मण्डपमा सुरु हुदै छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो