'चुनाव केन्द्रित परिचानलका लागि सशस्त्र प्रहरी तयार'

४ महिना अगाडि

सशस्त्र प्रहरी बलले पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउन परिचालन नीति तर्जुमा गरेको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सशस्त्र प्रहरी बलले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सुरक्षा कार्यमा सशस्त्र प्रहरी बल नेपालको परिचालन नीति तर्जुमा गरिएको जनाएको हो ।

सबै निर्वाचन क्षेत्रहरुमा तोकिएको जिम्मेवारीमा परिचालन गरिने, निर्वाचन सुरक्षार्थ सुरक्षाको दोस्रो घेरामा रही अन्य सुरक्षा निकायसँग समन्वयात्मक रुपमा परिचालित हुने, निर्वाचन सुरक्षा अनुशिक्षण तालिमसम्बन्धी पाठ्यक्रम तयार गरी निर्वाचनमा खटिनुपूर्व सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीलाई निर्वाचन सुरक्षा अनुशिक्षण तालिम दिनेलगायत नीतिमा उल्लेख छ ।

त्यस्तै निर्वाचन आचारसंहिता पालना गराउनेतर्फ सहयोगी भूमिका निर्वाह गर्ने, निर्वाचन क्षेत्रसहितको प्रदेशगत साथै जिल्लागत नक्सा तयार गरी निर्वाचन सुरक्षामा महत्वपूर्ण स्थानहरु अङ्कित गरी प्रभावकारी रुपमा परिचालन गर्नेसहितका नीति तर्जुमा गरिएको सशस्त्र प्रहरी बलका सूचना अधिकारी एवं प्रवक्ता डीआईजी मनिष थापाले बताए ।

उनले निर्वाचनको एकमहिनाअघिदेखि नै आवश्यक बन्दोबस्तीका सामग्री तथा सवारी साधनसहित खटिने बताए ।

त्यस्तै क्युआरटीमा रहेको जनशक्तिलाई निर्वाचनको एकदिन अघिदेखि निर्वाचनको एकदिनपछिसम्म हातहतियार तथा अन्य आवश्यक साधनका साथ युनिटको जिम्मेवारी क्षेत्रमा पर्ने रणनीतिक स्थानमा सवारी साधनसहित परिचालन गर्ने सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो