'विराटनगरलाई ४० रनले हराउदै लुम्बिनी एनपिएलको फाईनलमा'

४ महिना अगाडि

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को दोस्रो क्वालिफाएरमा विराटनगरलाई ४० रनले हराउदै लुम्बिनी एनपिएलको फाईनलमा प्रवेश गरेको छ । टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

जवाफी व्याटिङ्ग गरेको विराटनगरले १७ ओभरको अन्तिम बलमा ९४ रन बनाउदै सबै विकेट गुमायो । विराटनगरका साम हटलेजले सर्वाधिक ३४ रन बनाए । त्यस्तै नरेन भट्टले २१ र मचेन्ट डि लेगंले १७ बाहेक अन्यले दोहोरो अंकमा समेत रन बनाउन सकेनन ।

बलिङमा विराटनगरका सुवाश भण्डारी र प्रतिश जिसीले ३–३ तथा कप्तान सन्दीप लामिछानेले दुई विकेट लिए ।

पहिले व्याटिङ्ग गरेको लुम्बिनीका लागि ओपनर डार्सी सर्टले सर्वाधिक ४५ रन बनाए । उनले कप्तान रोहित पौडेलसँग दोस्रो विकेटका लागि ६९ रनको साझेदारी गरेका थिए । रोहित ३४ रनमा आउट भए ।

दिनेश अधिकारी १, निरोशन डिक्वेला २९, सन्दीप जोरा ०, जेजे स्मिथ ०, दिलिप नाथ १ र शेर मल्ल ७ रनमा आउट भए । अभिषेश गौतम २ र रुवेन ट्रम्पलम्यान ११ रनमा अविजित रहे ।

बलिङ्ग तर्फ लुम्बिनीका तिलक भण्डारीले ३ विकेट लिए भने रुवेन ट्रम्पमेन, जेजे स्मिथ र अभिषेक गौतमले २, २ विकेट लिए ।

लुम्बिनीले नेपाल प्रिमियर लिग दोस्रो संस्करणको अन्तिम तथा फाईनल खेल मंसिर २७ गते सुदुरपश्चिम रोयल्स संग उपाधीको लागि प्रतिस्पर्धा गर्नेछ ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
100%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो