झापा // पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट फराकिलो मतान्तरले विजयी भएका छन् । २८ हजार ५७६ मतान्तरले ओली विजयी भएका हुन् ।
एक लाख २ हजार १५० मत खसेको मध्ये ९८ हजार ६३१ मत सदर भएको थियो जसमा ओलीले ५३ दशमलव ०४ प्रतिशत अर्थात ५२ हजार ३१९ मत प्राप्त गरे ।
गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार ७४३ मत प्राप्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले ११ हजार ७४८ मत प्राप्त गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0