'रुपन्देही क्षेत्र नं. ५(क) मा भुमिश्वर ढकाल बिजयी'

३ वर्ष अगाडि

लुम्बिनी प्रदेश सभामा दोश्रो पटक सभासद बनेर भित्रिनका लागि नेकपा एमालेका भुमिश्वर ढकालको बाटो खुल्ला भएको छ। अन्तिम परिणाम सार्वजनिक भएसंगै ढकालका लागि लुम्बिनी प्रदेश सभामा प्रबेश गर्ने दैलो उघारिएको हो। रुपन्देही ५ (क) मा जम्मा ४८ हजार ४ सय ९० मत खसेकोमा ढकालले १९ हजार ७८ मत प्राप्त गरी विजयी भएका हुन भने ११ हजार ३ सय ६८ मत सहित नेकपा माओवादीका विनोद पहाडी पराजित भएका हुन। नेकपा एमालेका केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज समेत रहेका ढकालले यस अघि प्रदेश सभामा नेकपा एमालेका प्रमुख सचेतक रहेका थिए।

ढकालको जितमा राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीको साथ रहेको थियो भने पहाडीलाई नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी, राष्ट्रिय जनमोर्चा र नेकपा(एकिकृत समाजवादी)को साथ थियो। यस्तै हाम्रो नेपाली पार्टीका कमल ढकालले ८ हजार ७ सय ३९ मत प्राप्त गरेका छन भने जनमत पार्टीका अनुराग शुक्लाले ३ हजार ८ सय ६४ मत प्राप्त गरेका छन। यसैगरी राष्ट्रिय जनमुक्ती पार्टीका लिल बहादुर दर्लामीले १ हजार ३ सय २७ मत प्राप्त गरेका छन। २ हजार १ सय १० मत बदर भएको थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत