'लगातार पाँचौ दिन बढ्यो सेयर बजार'

५ महिना अगाडि

साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार बढेको छ । अघिल्लो दिनको तुलनामा १०.४३ अंक बढ्दै नेप्से परिसूचक २६७६ मा पुगेको छ ।

यो साताको सबै कारोबार दिन बजार बढेको छ । गत साता २५६० अंकमा रहेको नेप्से एक सातामा ११६ अंक बढ्यो ।

आज कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ६ अर्ब ६९ करोडको कारोबार भएकोमा आज ६ अर्ब ६६ करोडको भयो ।

१३१ कम्पनीको मूल्य बढ्दा १२१ को घट्यो भने ६ को स्थिर रह्यो । आज बैंकिङ समूह सबैभन्दा धेरै १.४७ प्रतिशत बढेको छ ।

त्यस्तै विकास बैंक ०.१७, होटल तथा पर्यटन ०.३३, हाइड्रोपावर ०.०१, लगानी ०.७२, जीवन बीमा ०.१४, निर्जीवन बीमा ०.०८ प्रतिशत बढे । व्यापार ०.१४, अन्य ०.०५, उत्पादन तथा प्रशोधन ०.२६, माइक्रोफाइनान्स ०.३५ तथा फाइनान्स ०.३८ प्रतिशत घटे ।

चार कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रिटेक छन् । त्यस्तै एनआरएन इन्फ्रास्ट्रक्चरको ९.६२, हिमाल दोलखा हाइड्रोपावरको ५.८१ प्रतिशत मूल्य घट्यो ।

हिमस्टार ऊर्जा र फस्र्ट माइक्रोफाइनान्सको मूल्य सबैभन्दा धेरै ७.७८ प्रतिशत घट्यो । माहुली लघुवित्तको ४.१६, जोशी हाइड्रोपावरको ३.६१ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका पाँच कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, ङादी ग्रुप, हिमालयन रिइन्स्योरेन्स, सीईडीबी होल्डिङ्स र युनाइटेड मोदी हाइड्रोपावर छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो