बिहीबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन ९ सय रुपैयाँ बढेको थियो ।
यस दिन नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ प्रतितोला २ लाख ४८ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ४८ हजार ८ सय रुपैयाँ थियो ।
विगत एक सातामा तोलामा ५ हजार ४ सय रुपैयाँले सुनको भाउ बढेको छ । गत बिहीबार २ लाख ४३ हजार रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको भाउ आज बढेको छ । चाँदी प्रतितोला ६० रुपैयाँ बढेको हो । महासंघले अघिल्लो दिन प्रतितोला मूल्य ३२२० रुपैयाँ तय गरेकोमा आज ३२८० रुपैयाँ तोकिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0