गोविन्द घर्ती, देवदह । कोलिय देवदह बचत तथा ऋण सहकारी संस्थाले जेष्ठ सदस्यहरुको स्वाथ्य परिक्षण गरेको छ । ८० बर्ष भन्दा माथिका संस्थाका ६८ जना जेष्ठ सदस्यको घरमै पुगेर स्वास्थ्य परिक्षण गरिएको व्यवस्थापक विनोद पराजुलीले जानकारी दिनु भयो ।
संस्थाको २१ औं स्थापना दिवसको अवसरमा जेष्ठ सदस्यहरुको स्वास्थ्य परिक्षण गरिएको व्यवस्थापक पराजुलीले जानकारी दिनु भयो । जाडोयाम शुरु भएसंगै जेष्ठ सदस्यहरुको स्वास्थ्यमा समस्या आउने हुदा स्वास्थ्य परामर्श दिने उदेश्यका साथ अभियान संचालन गरिएको जानकारी दिनु भयो । खैरेनी सेवा केन्द्रका २६ जना, शितलनगर सेवा केन्द्रको १९ जना, ढेकावर सेवा केन्द्रको ६ जना, घोडाहा सेवा केन्द्रको ३ जना, शंकरपुर सेवा केन्द्रको २ जना, तारापुञ्ज सेवा केन्द्र भलुहीको ९ जना, देउराली सेवा केन्द्र तिलोत्तमाको १ जना र युवा संगम सेवा केन्द्र सियारीको २ जना गरी ६८ जना जेष्ठ सदस्यहरुको स्वास्थ्य परिक्षण संगै स्वास्थ्य परार्मश दिएको व्यवस्थापक पराजुलीले जानकारी दिनु भयो । जेष्ठ सदस्यहरुको सुगर, प्रेसर परिक्षण संगै स्वास्थ्य परार्मश दिएको उहाले जानकारी दिनु भयो ।
जेष्ठ सदस्यहरुको स्वास्थ्य परिक्षण अभियानमा देवदह नगरपालिकाको स्वास्थ्य शाखा र देवदह मेडिकल कलेज भलुहीले प्राविधिक सहयोग गरेको सहव्यवस्थापक बृद्धिसागर अर्यालले जानकारी दिनु भयो । देवदह नगरपालिका स्वास्थ्य शाखाका रेशमबहादुर सुना, उत्तम वस्याल तथा देवदह मेडिकल कलेजका अमृत पाण्डेको टोलीले जेष्ठ सदस्यहरुको स्वास्थ्य परिक्षण गरिएको अर्यालले जानकारी दिनु भयो ।