'सेयर बजार २६५५ अंकमा, कारोबार घट्यो'

५ महिना अगाडि

मंगलबार सेयर बजारको परिसूचक नेप्से ५.३२ अंक बढेको छ ।

सो वृद्धिपछि नेप्से २६५५ अंकमा कायम भएको छ । यो सहित ३ दिनदेखि बजार निरन्तर बढेको छ ।

नेप्से बढे पनि कारोबार रकम घटेको छ । अघिल्लो दिन ७ अर्ब ३ करोडको कारोबार भएकोमा आज ५ अर्ब ८२ करोडको भयो ।

१२२ कम्पनीको मूल्य बढ्दा १२५ को घट्यो भने १० को स्थिर रह्यो । दिनभर बजार सामान्य उतारचढामा रहे पनि अन्तत बढेर बन्द भएको छ।

समूहगत सूचकमा मिश्रित प्रतिक्रिया देखिएको छ । होटल तथा पर्यटन सबैभन्दा धेरै १.४ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ ०.१९, फाइनान्स ०.०२, हाइड्रोपावर ०.१९, लगानी ०.२३, उत्पादन तथा प्रशोधन १.३०, माइक्रोफाइनान्स ०.०४, निर्जीवन बीमा ०.६५ र अन्य ०.४९ प्रतिशत बढे ।

व्यापार १.३३, जीवन बीमा ०.३० तथा विकास बैंक ०.२४ प्रतिशत घटे । तीन कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढ्नेमा झापा इनर्जी, सागर डिस्टिलरी र श्रीनगर एग्रिटेक कम्पनी छन् ।

त्यस्तै स्वस्तिक लघुवित्तको ८.२३, बन्दीपुर केबुलकारको ७.२३, दरामखोला हाइड्रोपावरको ६.८७ तथा हिमस्टार ऊर्जाको ५.३२ प्रतिशत मूल्य बढ्यो ।

जोशी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ४.९६ प्रतिशत घट्यो । सुपरमाइको ३.१९ तथा भूगोल इनर्जीको २.७४ प्रतिशत मूल्य घट्यो ।आज धेरै कारोबार भएका कम्पनीमा बन्दीपुर केबुलकार, हिमालयन रिइन्स्योरेन्स, ङादी ग्रुप, युनियन हाइड्रोपावर र शिवम् सिमेन्ट छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

क्लिनिकको चरम लापरवाहीले गर्ववती महिलाको मृत्यु, तिनदिन देखि शव अस्पतालमै

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय