'लायन्स क्लब अफ देवदह पकडी बृक्षद्वारा निःशुल्क मधुमेह तथा रक्तचाप जाँच शिविर सम्पन्न'

५ महिना अगाडि

देवदह । कोलिया देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २०औँ वार्षिक साधारण सभाको अवसरमा लायन्स क्लब अफ देवदह पकडी बृक्षद्वारा निःशुल्क मधुमेह तथा रक्तचाप जाँच शिविर सम्पन्न भएको छ । शिविरमा ५०६ जनाले निःशुल्क सेवा लाभ लिन सफल भएका कार्यक्रम संयोजक गीता खरेलले जानकारी दिनुभयो।

शिविरमा गीता मेडिकल हलले प्राविधिक सहयोग प्रदान गरेको थियो भने समग्र व्यवस्थापन कोलिया देवदह बचत तथा ऋण सहकारी संस्थाले गरेको हो ।

सोहि अवसरमा बोल्दै लायन डिष्ट्रिक ३२५ पि का फस्ट भीडीजी एम जे एफ सन्दिप कौसुधनले देवदह पकडी बृक्षले समुदायहितका कार्यक्रमहरू निरन्तर गर्दै आइरहेको र जनस्वास्थ्यमैत्री गतिविधिहरू मार्फत समाजमा सकारात्मक प्रभाव पर्न सफल भएको बताउनुभयो । उहाँले क्लबको सक्रियता प्रशंसनीय रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा लायन डिष्ट्रिक ३२५ पि का जी ए टी टिमका ईन्भारोमेंट कोडीनेटर विष्णुप्रसाद पौडेल, जीएटी एल दिपक श्रेष्ठ, रिजन ४ का रिजन चियरपर्सन लायन बिनोद थापा मगर, कस्तुरी श्रेष्ठ, ऋषिराम सापकोटा सहित लायन्सका पदाधिकारी तथा सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

शिविरबारे जानकारी गराउँदै कार्यक्रम संयोजक गीता खरेलले समुदायको स्वास्थ्य सुरक्षाका लागि लायन्स क्लब अफ देवदह पकडी बृक्षले निरन्तर सामाजिक उत्तरदायित्वअनुरूपका कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो। उनले ५०६ जनाले सेवा पाएको यो कार्यक्रम अत्यन्त सफल भएको बताउँदै आगामी दिनमा पनि यस्ता स्वास्थ्य–केन्द्रित कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गगर्नुभएको थियो। कार्यक्रम संस्थाका अध्यक्ष उषा सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

क्लिनिकको चरम लापरवाहीले गर्ववती महिलाको मृत्यु, तिनदिन देखि शव अस्पतालमै

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय