'चेली कृषि सहकारीको दशौँ साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न: अध्यक्षमा देवी अधिकारी'

५ महिना अगाडि

श्री चेली कृषि सहकारी संस्था लिमिटेडको दशौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन–२०८२ सम्पन्न भएको छ। अधिवेशनले देवी अधिकारीको अध्यक्षमा तामा नयाँ कार्यसमिति चयन गर्दै आगामी कार्ययोजना र सहकारी विकासका प्राथमिकताहरू तय गरेको छ।

संस्थाको उपाध्यक्षमा हिमालय न्यौपाने, सचिवमा बिष्णु माया अधिकारी, कोषाध्यक्षमा सरस्वती थापा तथा सदस्यहरू गुमादेबी भुर्तेल, धनकुमारी पराजुली, सावित्री भुषाल, देबि हमाल र लक्ष्मी न्यौपाने भुषाल चयन भएका छन्। लेखा समितिमा निर्मला पौडेल संयोजक तथा मीना भण्डारी र बिनिता भण्डारी सदस्यका रूपमा चयन भएका छन्।

कार्यक्रममा जिल्ला सहकारी संघ रुपन्देहीको महिला उपाध्यक्ष टिका न्यौपानेले महिला नेतृत्वमा सञ्चालित सहकारीहरूले आर्थिक समावेशीकरण, आत्मनिर्भरता र ग्रामीण विकासमा महत्वपूर्ण योगदान पु–याइरहेको बताउँदै श्री चेली कृषि सहकारीले देखाउँदै आएको सक्रियता आगामी दिनमा अझ प्रेरणादायी बन्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रम संस्थाको अध्यक्ष सरस्वती अर्यालको अध्यक्षता र सचिव हिमालय न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

क्लिनिकको चरम लापरवाहीले गर्ववती महिलाको मृत्यु, तिनदिन देखि शव अस्पतालमै

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय