'बुटवलमा खुल्यो पहिलो पाँचतारे होटल ह्यात प्लेस'

५ महिना अगाडि

रुपन्देही बुटवलमा ३ अर्ब ५० करोड लगानीमा पाँचतारे होटल ह्यात प्लेस सञ्चालनमा आएको छ ।

आन्तरिक र विदेशी पर्यटकलाई अन्तर्राष्ट्रियस्तरको आतिथ्य सेवा दिने उद्देश्यले बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अगाडि २५ कट्ठा क्षेत्रफलमा बनेको १० तले भवनमा १ सय ९ कोठासहित होटल सञ्चालनमा आएको हो । यो बुटवलको पहिलो पाँचतारे र यस क्षेत्रको सबैभन्दा ठूलो होटल हो ।

बुटवलमा पाँचतारे होटल नभएकाले रुपन्देहीको औद्योगिक घराना यशोदा फुड्स ग्रुपले होटलमा लगानी गरेको हो । होटलमा व्यवसायीहरू चुन्नुप्रसाद पौडेल, कमलकिशोर मालपानी, नरिश्वर शर्मा पौडेल, भूमिराज पौडेल, श्रवण बेरिवाल र रेखा मालपानी गरी ६ जनाको संयुक्त लगानी छ ।

होटलमा कूल लगानीमध्ये ६५ प्रतिशत बैंक ऋण र ३५ प्रतिशत ६ जना सञ्चालकको लगानी रहेको सञ्चालकले बताएका छन ।

विभिन्न ६ श्रेणी तथा वर्गका १०९ कोठा रहेको होटलमा एक चोटीमा२५० पाहुना बास बस्न सक्नेछन । होटल र यसका कोठाको डिजाइन थिम शान्ति, आधुनिकता र परम्पराको फ्युजन तथा कहिले पुरानो नहुने रहेको र क्याजुअल कम्फर्टमा रहेका छन।

बोधीवृक्षको पातको आकृतिमा होटलका धेरै संरचनामा राखिएको छ, भने डेढ सय क्षमताको अल डे डाइनिङ रेस्टुरेन्टमा मायादेवी मन्दिरको इँटाको बनावट झल्किने डिजाइन छ ।

होटल लबीको डिजाइन शक्ति र स्थिरताका आधार मानिने चार विशेष वास्तुकला स्तम्भले निकै भव्य बनाएको छ । जसमा बुद्ध दर्शनका चार आर्य सत्य दुस्ख छ, दुस्खको कारण छ, दुस्खको निरोध सम्भव छ र दुस्ख निरोधको मार्ग छ भन्ने झल्काइएको छ ।

होटलको मुख्य विशेषता अहिलेको व्यस्त जीवनशैली र एकैपटक धेरै काम गर्नुपर्ने पाहुनाका लागि आरामदायी बसाइसँगै दैनिक जीवनका सबै सुविधा रहेको होटल संञ्चालकले बताए ।

होटलले आन्तरिक र भारतीय पर्यटक लक्षित गरी लबी लेभलमै जिङ बार, १ हजार १ सय वर्गमिटरको बलरुम, तीन वटा हल, फिटनेस सेन्टर, किड्स प्ले जोन, मिट्टी घर डिजाइनमा बनेको स्पा, ज्याकुजी, पर्याप्त पार्किङ जस्ता सुविधा उपलब्ध गराएको होटल संञ्चालकले बताएका छन ।

निकट भविष्यमा क्यासिनो समेत सञ्चालन गर्ने तयारी होटलको रहेकाले पनि भारतीय पर्यटकको गन्तव्य बुटवललाई गराउन सकिने होटलले जनाएको छ ।

होटलले पूर्णक्षमतामा सञ्चालन हुँदा ३ सय ५० जनालाई रोजगारी दिने बताएको छ ।

होटलको औपचारिक उद्घाटन २५ नोभेम्बरमामा हुनेछ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

क्लिनिकको चरम लापरवाहीले गर्ववती महिलाको मृत्यु, तिनदिन देखि शव अस्पतालमै

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय