'जेनजी आन्दोलनले वैदेशिक रोजगारी असहज, अन्योलमा श्रमिक'

६ महिना अगाडि

जेनजी आन्दोलनपछि वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक विभिन्न अवरोधमा पर्दै आएका छन् ।

प्रमुख श्रम गन्तव्य देशहरूले नेपालको सुरक्षा चासो देखाउँदै कामदार लैजान आनाकानी गर्दा नेपालीको वैदेशिक रोजगारी असहज बन्दै गएको हो ।

 

२३ र २४ भदौमा जेनजी आन्दोलनपछि धेरै कैदीबन्दी जेलबाट फरार भए । त्यस्तै सुरक्षाकर्मीको हतियार लुटिए । त्यसलगत्तै ३० भदौदेखि युनाइटेड अरब इमिरेट्स (यूएई) ले तत्कालका लागि नेपालीलाई भिसा दिन बन्द गर्‍यो ।

भिजिट भिसामा पूर्ण रोक लगाएको यूएईले केही समयपछि नयाँ मापदण्ड बनायो । तर, पनि नेपाली अझै पनि भिजिट भिसामा सहज यूएई जान पाइरहेका छैनन् ।

 

त्यस्तै वर्किङ भिसाका लागि समेत कडाइ गरेको छ । तत्कालको प्रहरी रिपोर्टका आधारमा यसअघि नै भिसा जारी भइसकेका मात्रै जान सकिरहेका छन् भने नयाँ माग ल्याएर जान पाइरहेका छैनन् ।

वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान महासचिव मेधनाथ भुर्तेलका अनुसार यूएईको श्रम मन्त्रालयबाट श्रम अनुमति पाइसकेका ४ हजारभन्दा बढी श्रमिकले भिसा पाउन सकेका छैनन् ।

यूएईसँगै साउदी अरब, मलेसिया लगायत देशले समेत सहज भिसा नदिएको भुर्तेलको भनाइ छ ।

 

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार श्रम गन्तव्य देशहरूको अवरोधपछि वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छ । भदौको तुलनामा असोजमा वैदेशिक रोजगारीमा जानेको संख्या १२ हजार ४ सय ७१ जनाले घटेको छ । जबकि, विगतका वर्षहरूमा हरेक महिना जानेको संख्या बढ्दो क्रममा हुने गरेको थियो । तर यूएई, साउदी लगायत देशले भिसामा कडाइ गर्दा ती देश जानेको संख्यामा कमी आएको हो ।

तथ्यांक अनुसार भदौमा ४५ हजार ७ सय ३२ जनाले श्रम स्वीकृति लिएका थिए । तर, असोजमा भने ३३ हजार २ सय ६१ जनाले श्रम स्वीकृति लिएको देखिन्छ ।

तथ्यांक अनुसार यूएई, साउदी जानेको संख्यामा कमी आएको छ । त्यस्तै मलेसियामा भने दुई वर्षदेखि नै अवरोध कायमै छ ।

सन् २०१८ मा गरिएको श्रम सम्झौता नवीकरण गर्न नमानिरहेको मलेसियाले यतिबेला नेपाली म्यानपावर व्यवसायीका लागि १० बुँदे नयाँ मापदण्ड अघि सारेको छ । जुन विवादित छन् । यसमा नेपाली व्यवसायी र सरकारले समेत स्वीकार गर्न नसकिने जवाफ पठाइसकेका छन् ।

त्यसबाहेक जेनजी आन्दोलनपछि सुरक्षा कारण देखाउँदै कुवेत, बहराइन, ओमान लगायत देशमा समेत भिसामा ढिलाइ भइरहेको व्यवसायीको दाबी छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

क्लिनिकको चरम लापरवाहीले गर्ववती महिलाको मृत्यु, तिनदिन देखि शव अस्पतालमै

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय