'चुनावका लागि नयाँ मतपेटिका खरिद गर्न नपर्ने'

६ महिना अगाडि

आगामी फागुन २१ को चुनावका लागि मतपेटिका नयाँ खरिद गर्न नपर्ने भएको छ ।

यसअघि प्रयोग भएकै मतपेटिका पुनस् प्रयोग गर्न मिल्ने र नयाँ खरिद गर्न नपर्ने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता भट्टराई भन्छन्, ‘मतपेटिका शतप्रतिशत नै छ ।’ अन्य आवश्यक सामग्रीय खरिदसहितको निर्वाचन बजेट तयार भएको छ । तयार भएको बजेट आयोगले अर्थ मन्त्रालय पठाएको छ ।

निर्वाचन आयोगले अर्थ मन्त्रालयमा पठाएको बजेटमा आगामी प्रतिनिधिसभा सदस्यका लागि २१ फागुनमा हुन लागेको चुनावमा साढे सात अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । तर, अर्थ मन्त्रालयबाट स्वीकृत हुन बाँकी छ ।

निर्वाचन आयोगले बजेट निर्माण गरेसँगै निर्वाचनका लागि आवश्यक सामग्रीहरूको सूची तयार गर्दैछ । अर्थ मन्त्रालयबाट बजेट स्वीकृत भएसँगै आवश्यकक सामग्री किन्न सुरू गर्ने आयोगको तयारी छ ।

यसअघि नै रहेका सामग्री समेत प्रयोग गर्ने गरी आयोगले थप आवश्यक सामग्री खरिद गर्न खोजेको जनाएको छ। यसअघि नै रहेका सामग्री समेत प्रयोग गर्न मिल्ने सामग्रीहरूमा मतपेटिका समेत छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

क्लिनिकको चरम लापरवाहीले गर्ववती महिलाको मृत्यु, तिनदिन देखि शव अस्पतालमै

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय