'अराजक र भड्काउ अभिव्यक्ति दिएका निकोलस भुसाल प्रहरीको निगरानीमा'

६ महिना अगाडि

अराजक र हिंसा भड्काउ अभिव्यक्ति दिएपछि डा. निकोलश भुसाललाई प्रहरीले निगरानीमा राखेको छ ।

हालकी प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह लगायतको नाम लिँदै भुसालले हिंसात्मक अभिव्यक्ति दिएका थिए ।

उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक विरुद्ध पनि अराजक अभिव्यक्ति दिएका छन् ।

भुसालले शनिवार सम्वाद डबलीमा पत्रकार सम्मेलन गर्दै उनले गत भदौ २३ गते जेनजी आन्दोलनमा दमन भएको भन्दै तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई हत्याराको संज्ञा दिए । जेनजी आन्दोलनका क्रममा भदौ २३ गते एकैदिन सुरक्षाकर्मीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो । यसमा तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकको भूमिका रहेको उनको आरोप छ ।

उनीहरुलाई सरकारले कारबाही नगरे आफूहरु नै कारबाहीका लागि अगाडि सर्ने समेत बताए । ‘कारबाही’का लागि आफूहरु ओली र लेखकको घर जाने उनले बताएका छन् ।

सरकारले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई कारबाही नगरेको भन्दै भुसाल हालका प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्यालविरुद्ध पनि खनिए । उनले वर्तमान प्रधानमन्त्री सुशीला कार्कीलाई ‘हुतिहारा’ भनेर टिप्पणी गरेका छन् ।

उनले यसअघि २३ असोजमा माइतीघरमा प्रदर्शन गर्न खोज्दा प्रहरीले पक्राउ गरेको थियो । नेपाल प्रहरी अस्पतालमा उनको स्वास्थ्य जाँच गर्दा गाँजा सेवन गरेको मेडिकल रिपोर्ट आएको थियो ।
साथै उनले आफूमाथि कारबाही गर्न सरकारलाई चुनौतिसमेत दिएका छन् । अपशब्द प्रयोग गर्दै उनले गृहमन्त्री अर्याललाई अपशब्द प्रयोग गर्दै गालि गलौजमा उत्रिएका थिए ।
उनले आफूले बालुवाटार माथि मिसाइल राखेको समेत बताएका छन् । त्यसबाट कोही नबच्ने भन्दै धम्की दिएका छन् ।

आगामी फागुनमा चुनाव गर्ने हो भने प्रत्यक्ष कार्यकारी प्रमुखसहितको चुनाव गर्नुपर्ने होइन भने चुनाव हुन नसक्ने पनि उनले बताएका छन् । बालेन शाहले समेत जेनजीका माग पुरा नगरेको भनेर उनले आक्रोश पोखेका छन् ।

निकोलस विवादित पात्र हुन् । उनले यसअघि २३ असोजमा माइतीघरमा प्रदर्शन गर्न खोज्दा प्रहरीले पक्राउ गरेको थियो । नेपाल प्रहरी अस्पतालमा उनको स्वास्थ्य जाँच गर्दा गाँजा सेवन गरेको मेडिकल रिपोर्ट आएको थियो । त्यसपछि उनका दाजु सागरले सुधार केन्द्र लैजाने भन्दै जिम्मा लिएपछि प्रहरीले छाडेको थियो । तर पनि उनको विवादित अभिव्यक्ति रोकिएको छैन ।

शनिबार झन् उग्र हुँदै भड्काउ अभिव्यक्ति दिएपछि प्रहरीले उनलाई निगरानीमा राखेको जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

क्लिनिकको चरम लापरवाहीले गर्ववती महिलाको मृत्यु, तिनदिन देखि शव अस्पतालमै

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय