'पहिरोका कारण कोशी प्रदेशका ठाउँ ठाउँमा सडक अवरुद्ध'

६ महिना अगाडि

बिहीबार साँझबाट सुरु भएको निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोका कारण कोशी प्रदेशका विभिन्न ठाउँमा सडक अवरुद्ध भएका छन् । निरन्तर आएको वर्षाका कारण पहिरो खस्दा मुख्य राजमार्ग तथा भित्री सडकहरू अवरुद्ध भएका हुन् ।

मेची राजमार्गको इलाम खण्डमा ठाउँ–ठाउँमा पहिरो खस्नुका साथै सडक दबिँदा सवारी साधन सञ्चालन पूर्ण रूपमा ठप्प भएको छ । जिल्ला प्रशासन कार्यालय इलामका अनुसार मेची राजमार्गको राजदुवाली क्षेत्रमा पहिरोका कारण नयाँ ट्र्याक भासिने क्रम बढेको छ । यस्तै, वैकल्पिक रूपमा प्रयोग गरिएको तिल्केनी–सिमलगोलाई सडकमा समेत ठाउँ–ठाउँमा पहिरो खसेको छ ।

बाढी र पहिरोको जोखिम उच्च बढेपछि इलाम प्रशासनले बिहीबार साँझदेखि यो सडक खण्डमा सवारी आवागमन बन्द गराएको थियो । रातभरको वर्षाले सडकमा थप क्षति पुगेकाले अहिले सवारी आवागमनमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ । यस अघि पनि इलाममा वर्षापछि खसेको पहिरोका कारण लामो समय यातायात अवरुद्ध भएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

क्लिनिकको चरम लापरवाहीले गर्ववती महिलाको मृत्यु, तिनदिन देखि शव अस्पतालमै

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय