नेपाल विद्युत् प्राधिकरणले रुपन्देहीका १३ उद्योगमा बिजुली आपूर्ति बन्द गरेपछि उद्योगी र मजदुर आन्दोलनमा उत्रिएका छन् ।
प्राधिकरणले लामो समयदेखि बक्यौता रकम नतिरेका उद्योगको विद्युत् लाइन काटिएको जनाएको छ ।
उद्योगीले भने प्राधिकरणको कदम एकतर्फी र अव्यावहारिक भन्दै विरोध गरेका छन् ।
आन्दोलनमा सहभागी मजदुरले पनि उद्योग बन्द हुँदा रोजगारी संकट गहिरिने बताएका छन् । उनीहरूले ‘उद्योग चलाऊ, रोजगारी बचाऊ’ भन्ने नारासहित विरोध प्रदर्शन गरेका छन् ।
प्राधिकरणका अनुसार, ती उद्योगीले महिनौँदेखि करोडौँ रुपैयाँबराबरको बक्यौता तिरेका छैनन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0