'लुम्बिनी लायन्सको नयाँ जर्सी सार्वजनिक'

६ महिना अगाडि

लुम्बिनी लायन्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को लागि नयाँ जर्सी सार्वजनिक गरेको छ ।

पाल्पाली ढाकाको ढाँचा समेत प्रयोग गरी बनाइएको जर्सीलाई लुम्बिनीको पहिरनको रूपमा चिनाउने लुम्बिनीको लक्ष्य छ ।

जर्सीमा प्रत्येक धागोमा हाम्रो कथा, पहिचान र एकता बनेको लुम्बिनीले जनाएको छ । गर्दनको भागमा रहेको रहेको सुनौलो रङ्गले सांस्कृतिक धरोहरहरू को गजुरलाई  प्रतिनिधित्व गर्ने क्लबकी सिइओ भावना घिमिरेले बताइन् ।

‘जर्सीको काँधको भागमा बलिरहेको ज्वालाले लुम्बिनीको शान्तिदीपलाई जनाउँछ । जुन शान्ति र आशाको उज्यालो हो।पाखुराको भागमा रहेका साना रेखाहरूले सिंहको केशलाई जनाउँछन् जुन साहस र शक्तिको प्रतीक हो । जर्सीको बिच भागमा रहेको सिंह सिंहले आफ्नो पहिचान जनाउँछ जुन लुम्बिनीको रक्षक को स्वरूपलाई चिनिन्छ’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो जर्सीले लुम्बिनी प्रदेशका १२ वटै जिल्लाहरूको प्रतिनिधित्व गर्ने लुम्बिनीको विश्वास छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

क्लिनिकको चरम लापरवाहीले गर्ववती महिलाको मृत्यु, तिनदिन देखि शव अस्पतालमै

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय