'लगातार दोस्रोपटक र समग्रमा तेस्राे पटक टी-२० विश्वकप खेल्दै छ नेपाल'

६ महिना अगाडि

नेपाली क्रिकेट इतिहासमा अर्को ठुलो सफलता थपिएको छ । नेपाल लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक टी–२० विश्वकपका लागि छनोट भएको छ ।

ओमानमा भइरहेको आईसीसी टी २० विश्वकप एसिया-इष्ट यसिया प्यासिफिक छनोटमा शीर्ष तीनमा रहने पक्का भएपछि नेपालले अर्को वर्ष छिमेकी देश भारत र श्रीलंकामा हुने टि–२० विश्वकपमा स्थान पक्का गरेको हो ।

सन् २०१४ मा पहिलो पटक टी-२० विश्वकप खेलेको नेपालले दश वर्षको प्रतिक्षापछि २०२४ मा दोस्रो पटक खेलेको थियो । त्यसपछि भने नेपालले धेरै कुर्न नपर्ने भएको छ ।

सन् २०१४ मा बंगलादेशमा टी २० विश्वकपमा डेब्यु गरेपछि नेपाली क्रिकेटमा क्रान्ति सुरु भएको थियो र त्यसपछि नेपालले लगातार विश्वकप खेल्ने अनुमान थियो । तर नेपालले सोचेअनुसार प्रदर्शन गर्न सकेन । पहिलो पटक विश्वकप खेलेपछि नेपालले दश वर्षपछि मात्र सन् २०२४ मा अमेरिका र वेष्ट इन्डिजमा भएको टी २० विश्वकपमार्फत पुनरागमन गरेको थियो ।

यस पटक नेपाली कृकेट टोली, नेपाल क्रिकेट संघ, समर्थक सबैमा नेपालले टी-२० विश्वकपमा स्थान बनाउने आत्मविश्वास सुरुदेखि ने थियो ।

अझ त्यसमा पनि दुई पटकको टी-२० विश्वकप विजेता टेष्ट राष्ट्र वेष्टइन्डिज विरुद्ध ऐतिहासिक टी-२० सिरिज खेलेर नेपालले विश्वकप छनोटको तयारी गरेको थियो ।

यूएईको सारजहामा भएको वेष्ट इन्डिज विरुद्धको तीन खेलको टी-२०आई सिरिज २-१ ले जितेर नेपाल उच्च मनोबलका साथ ओमान पुगेको थियो । नेपाली टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा सबैको ध्यान तानेको थियो । छनोटमा पनि सबैको नजर नेपाली टिममा थियो ।

नेपाल विश्वकप छनौट भएपछी कप्तान रोहितले भने- सपना पूरा भएको बताएका छन । बुधबार मध्यराति सम्पन्न खेलमा ओमानलाई हराएपछि कुरा गर्दै उनले एक वर्षअघिदेखि देखेको सपना पूरा भएको शब्दमा बयान गर्न नसकिने बताएका हुन ।, ‘हामीले झन्डै एक वर्षदेखि यो सपना देखेका थियौं, आज आएर पूरा भएको छ, म शब्दमा बयान गर्न सक्दिनँ’ उनले भने, ‘टिमलाई नै खुसी बनाएको छ यो क्षणले।’ सबै नेपालीलाई खुसी दिन सफल भएका छौं, विश्वकपमा ठुला राष्टलाई हराउने छौं ।

आगामी बर्ष सन २०२६ फेबुवरी, मार्च अर्थात नेपाली महिना माघ, फागुनमा देखी सुरु हुने १० औ आईसिसि पुरुष टि–२० विश्वकपमा नेपालसहित २० राष्टले खेल्नेछन ।

आयोजक राष्ट भारत र श्रीलंका सहित, अफगानस्थान, अस्टेलिया, अमेरिका, बंगलादेश, ईग्ल्याण्ड, साउथ अफ्रिका, वेष्टइण्डिज, आयरल्याण्ड, न्युजिल्याण्ड, पाकिस्थान, क्यानडा, इटली, नेदरल्याण्ड, नामिविया, जिम्वाब्बे, नेपाल, ओमन छनौट भैसकेका छन भो जापान र युएईमा एक टोली छनोट हुन बाकी छ ।

 

 

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

क्लिनिकको चरम लापरवाहीले गर्ववती महिलाको मृत्यु, तिनदिन देखि शव अस्पतालमै

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय