'ऊर्जा को बचत तथा क्षमता अभिवृद्धि सन्दर्भमा रूपन्देही उद्योग संघमा छलफल'

६ महिना अगाडि

उद्योगहरूलाई अत्यावश्यक पर्ने कच्चा पदार्थको रुपमा रहेको ऊर्जालाई कसरी व्यवस्थित एवं बचत गर्न सकिन्छ साथै उद्योगको दक्षता अभिवृद्धि गरी खर्चलाई घटाउनका निम्ति के कस्ता परिवर्तनहरू गरिनुपर्दछ भन्ने सन्दर्भमा बुधबार रूपन्देही उद्योग संघमा अन्तरक्रिया सम्पन्न भएको छ ।

बैंकङ क्षेत्रका विज्ञ, नेपाल उद्योग परिसंघ बैंकिङ समितिका सल्लाहकार एवं अर्थविद अनल राज भट्टराई, नष्श का प्रतिनिधि संजय गोर्खाली लगायतको प्राविधिक टोली र उद्योगीहरूबीच छलफल एवं अन्तरक्रिया गरिएको हो।

ऊर्जालाई व्यवस्थित गर्न बैंकिङ क्षेत्रबाट के कस्ता सुधारहरु गर्न सकिन्छ र उद्योगले कसरी आफ्नो खर्चलाई न्यून गर्दै लैजान सक्छ भन्ने विषयलाई मध्यनजर गरी गरिएको छलफलमा संघका पूर्व अध्यक्ष एवं लुम्बिनी प्रदेश उद्योग परिसंघका अध्यक्ष एजाज आलम, पूर्व अध्यक्ष एवं सल्लाहकार समितिका संयोजक बाबुराम बोहरा, बुटवल औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष उपेन्द्र अग्रवाल लगायतले उद्योगीहरूका परिस्थिति र लगानी सन्दर्भमा आफ्ना सुझावहरु राख्नुभएको थियो ।

सो अवसरमा संघका अध्यक्ष दिलिप सापकोटाले रुपन्देहीको समग्र औद्योगिक गतिविधि ,उद्योगहरूको वर्तमान अवस्था र संस्थागत गतिविधिहरु सन्दर्भमा आफ्नो भनाई राख्नुहुँदै स्वागत गर्नुभएको थियो।

उक्त कार्यक्रममा संघका पदाधिकारी,कार्यसमिति सदस्यहरू एवं सदस्य उद्योगीहरूको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

क्लिनिकको चरम लापरवाहीले गर्ववती महिलाको मृत्यु, तिनदिन देखि शव अस्पतालमै

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय