दशैंपछि खुलेको सेयर बजार उच्च अंकले घटेको छ ।
नेप्से परिसूचक ५८.५५ अंक (२.१९ प्रतिशत) घटेको हो । सो गिरावटपछि नेप्से २६०४ अंकमा कायम भएको छ । कुल ४ अर्ब ६२ करोडको कारोबार भयो ।
१६ कम्पनीको मूल्य बढ्दा २३५ को घट्यो भने एउटाको स्थिर रह्यो । सबै समूहका सूचक घटेका छन् । अन्य समूह सबैभन्दा धेरै ४.८३ प्रतिशत घट्यो । नेपाल पुनर्बीमाको मूल्य भारी दरले घट्दा यो समूह बढी प्रभावित भयो ।
बैंकिङ १.३२, विकास बैंक २.३८, फाइनान्स १.१२, होटल तथा पर्यटन २.७२, हाइड्रोपावर २.७४, लगानी १.९१, जीवन बीमा १.८६, उत्पादन तथा प्रशोधन १.८५, माइक्रोफाइनान्स १.८७, निर्जीवन बीमा २.०४ र व्यापार १.१७ प्रतिशत घटे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0