नेपाल भन्दा बाहिरका विदेशी जेलमा एक हजार भन्दा बढी नेपाली रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
केही समयअघि सांसदको प्रश्नमा परराष्ट्र मन्त्रालयले दिएको जवाफ हालै संघीय संसद् सचिवालयले प्रकाशन गरेको छ । जसमा १ हजार १७१ नेपाली विदेशी जेलमा रहेको उल्लेख छ । यसमध्ये ७ जनालाई आजीवन कारावासको सजाय सुनाइएको छ ।
जेलमा रहेकामध्ये कुन देशमा कति जना र के कस्ता मुद्दामा आरोपित छन् भन्ने पनि खुलाइएको छैन ।
भदौ २३ र २४ गते जेनजीको आन्दोलनपछिको कामकारबाहीको विवरण संसद सचिवालयले सार्वजनिक गरेको छ ।
लिखित जवाफ पठाउँदै परराष्ट्र मन्त्रालयले विदेशस्थित नेपाली नियोगहरूबाट प्राप्त जानकारी अनुसार विभिन्न देशका विदेशी जेलमा रहेका नेपालीको संख्या १ हजार १७१ जना रहेको बताएको हो ।
विदशी जेलमा रहेका नेपालीलाई सरकारले कानुनी तथा कन्सुलर सहायता प्रदान गर्दै आएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।