'अर्घाखाँचीमा काठ चोरेको आरोपमा सामुदायिक वनका अध्यक्ष सहित १० जना पक्राउ'

७ महिना अगाडि

अर्घाखाँचीको एक सामुदायिक वनका अध्यक्षसहित उपभोक्ता मिलेर अवैध रूपमा सालको रुख काटेर चिरान गदैँ गरेको अवस्थामा प्रक्राउ परेका छन् ।

शितगङ्गा नगरपालिका-८, झाक्रिथान सामुदायिक वनका अध्यक्ष डुकबहादुर खत्रीसहित १० जनालाई काठ चिरान गरिरहेको अवस्थामा प्रक्राउ गरिएको हो ।

अर्घाखाँचीबाट सालको रुख काटी प्युठानको सरुमारानी गाउँपालिका-१, खुनझुने काठ चिरान गरिरहेको अवस्थामा प्युठानको डिभिजन वन कार्यालय प्युठानले मङ्गलबार साँझ डिभिजन वन कार्यालय अर्घाखाँचीलाई बुझाएको छ ।

प्रकाउ परेकाहरूमाथि अनुसन्धान भइरहेको छ । हाल १० जनालाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा राखिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी झलक शर्माले जानकारी दिए ।

पक्राउ पर्नेमा सामुदायिक वनका पूर्व अध्यक्ष हुमबहादुर वाकवल, शितगङ्गा–८ कै स्थानीय चन्द्रबहादुर वाकवल, सोही ठाउँकै टीकाराम पुलामी र पुरन धामी रहेको अर्घाखाँची डिभिजन वन कार्यालयका निमित्त प्रमुख गणेशकुमार थारूले जानकारी दिए ।

यस्तै, त्युठान जिल्ला सरुमारानी गाउँपालिका–१, खुनझुनेका लेखबहादुर केएम, सकुर मिया, वीरबहादुर धामी, शङ्कर विश्वकर्मा र एक जना नाबालिका रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

क्लिनिकको चरम लापरवाहीले गर्ववती महिलाको मृत्यु, तिनदिन देखि शव अस्पतालमै

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय