एउटा सानो सनो सटरबाट सुरु भएको सुपरमार्केट, ४१ बर्षमा देशकै ठुलो प्यापारीक प्र्रतिष्ठान बनेको भाटभटेनी सुपरमार्केट भाद्र २४ गतेको जेनजी आन्दोलनले तहसनहस पारेको छ ।
देशभरीका २८ वटा भाटभटेनी स्टोर मध्ये २१ वटा स्टोरमा आन्दोलनकारीले तोडफोड तथा आगजनी गरेका छन । त्यसमध्ये १२ वटा ठुला स्टोर त आगलागीबाट पुर्णरुपमा ध्वस्त भएका छन । देशभरीमै युवापुस्तालाई सबैभन्दा बढी रोजगारी दिएको भाटभटेनीमा एकैदिन दशौ हजार युवाको रोजगारी गुमेको छ ।
जेनजीको आन्दोलनका क्रममा अराजक समूहले आगजनी गरेको भाटभटेनी सुपरमार्केटको धरान र काठमाण्डौको बौद्ध शाखामा चार–चार जनाको शव फेला परेको छ, भने काठमाण्डौकै चुच्चेपाटी शाखामा ६ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीको अनुसार भेटिएको शव आगलागी भएको भाटभटेनीमा लुटपाट गर्न गएकाहरुको रहेको आशंका छ । उनिहरु सबैको चिन्न सकिने अवस्थामा शव नभएकोले डिएनए मार्फत पहिचान गरे तयारी गरेको छ ।
सोमबारदेखि सुरु भएको जेनजी प्रदर्शनमा एकै पटक १९ जनाको ज्यान गएपछि बिच्किएका प्रदर्शनकारी आज मंगलबार ध्वंसात्मक हिसाबमा उत्रिँदा सरकारी सम्पत्तिमात्र नभई निजी सम्पत्तिमाथि पनि तोडफोड, लुटपाट र आगजनी गरेका थिए ।
२३ गते शान्तिपूर्ण प्रदर्शन भनेका जेनजीमाथि सुरक्षाकर्मीले गोली चलाएपछि १९ जनाको ज्यान गएको थियो । त्यसैको आवेशमा आएका जेनजी २४ गते थप उग्र भएका थिए । सरकारले बिहानैदेखि काठमाडौं चक्रपथभित्र कफ्र्यु आदेश जारी गरे पनि जेनजी स्वस्फूर्त सडकमा पुगेका थिए ।
प्रधानमन्त्री केपि शर्मा ओलीले पदबाट राजीनामा दिए संगै आन्दोलन सफल भएको अव फर्किनुपर्ने भन्दै सुचना जारी गरेको जन्जीको आन्दोलनमा राष्ट्रिय स्वतन्त पार्टी, माओवादी केन्द्र, राप्रपा तथा राजावादी आन्दोलनकारीको घुसपैठले सुरुमा ठाउँ–ठाउँमा टायर बालेर प्रदर्शन गरेका प्रर्दशनकारीमाथी सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गरेपछि थप उत्तेजित भिडले सरकारी कार्यालयलाई मात्र निशाना बनाएन, निजी सम्पत्तिमाथि पनि एक्कासि तोडफोड, लुटपाट र आगजनी गर्न थाल्यो ।
२०४१ सालमा मिन बहादुर गुरुङले काठमाडौं नक्सालमा एउटा सटर भाडामा लिएर सुरु गरेको ‘भाटभटेनी डिपार्टमेन्टल स्टोर’ नेपालमा लगानी, रोजगारी र स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदारहण बनेको थियो ।
एउटा व्यवसाय खडा गर्न कतिविधि मिहिनेत, लगन, आँट, लगानी, निरन्तरता र धैर्य चाहिन्छ भन्ने थाहा पाउन भाटभटेनीका देशभरि रहेका साढे दुई दर्जनभन्दा बढी स्टोर हेरे पुग्छ ।
एउटा सटरबाट सुरु भएको भाटभटेनी सुपर स्टोरलाई ४१ वर्षमा गुरुङले देशव्यापी बनाउन र रोजगारी सिर्जना गर्न कति मिहिनेत गरेका थिए, त्यो उनी बाहेकले सायदै बुझ्लान् ।
गुरुङ व्यवसाय मात्र गर्ने व्यवसायी होइनन, समाज सेवामा पनि उत्तिकै खटिने गर्छन् । उनले शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा गरेका आर्थिक सहयोग उदाहरणीय छन् । व्यवसाय र समाज सेवालाई उनले समानान्तर लगिरहेका थिए ।
भाटभटेनीलाई बिस्तारै मुलुकका ७७ जिल्लामै विस्तार गर्ने योजनामा दत्तचित्र् भएर लागिपरेका गुरुङको यात्रामा अहिले आएर एक्कासि ‘ब्रेक’ लागेको छ ।
मुलुकमै जेनजी प्रदर्शनकारीको आन्दोलन हिंसात्मक हुँदा सरकारी सम्पत्तिदेखि निजी उद्योग–व्यवसायमा तोडफोड, लुटपाट र आगजनी हुन पुग्यो । जेनजी आन्दोलनको तारो मिन बहादुर गुरुङका भाटभटेनी सुपर स्टोरहरू बने ।
युवापुस्तालाई बढिभन्दा बढी रोजगारी दिने उनको उद्देश्यमा २३ गतेबाट सुरु भएको युवाहरूकै ‘जेनजी आन्दोलन’ ले लगभग खरानी पारिदियोे ।
गुरुङका अनुसार देशभरि रहेका साढे दुई दर्जन स्टोरमध्ये ठूला एक दर्जन स्टोर पूर्णरूपमा ध्वस्त भएका छन् । प्रदर्शनकारीले भाटभटेनीका ती स्टोरमा तोडफोड पछि लुटपाट गर्दै आगजनी गरे । जसका कारण सबै स्टोर जलेर खरानी हुन पुग्यो । २३ गते बुधबार लगाइएको आगो कतिपय स्टोरमा २५ बिहीबार साँझसम्म निभेको थिएन ।
२८ मध्ये २१ स्टोरमा तोडफोड र आगजनी भए पनी भाग्यले सात वटा स्टोर भने जोगिए ।
‘भौतिक र आर्थिक क्षति कल्पना बाहिरको भएको छ,’ भाटभटेनी सुपर स्टोरका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलले भने, ‘जेनजी आन्दोलनमा भाटभटेनीका जति पनि स्टोरमा तोडफोड, लुटपाट र आगजनी भएको छ, त्यही कारण त्यहाँ कार्यरत हजारौको रोजगारी गुमेको छ।’
एक निमेषमा यति ठूलो संख्यामा रोजगारी गुम्नुले अर्थतन्त्रमा पनि क्षति पुगेको पौडेलको भनाइ छ । भौतिक क्षतिमात्रै अबौंको भएकोमा कुनै सन्देह नरहेको उनले बताए ।
‘कति सामान लुटियो, कति क्षति भयो, कति नगद लुटियो भन्ने यकिन विवरण निकाल्न कम्तीमा एक महिना लाग्छ,’ सीओओ पौडेलले भने, ‘मुख्य कुरो के हो भने एकै पटक हजारौंको रोजगारी गुमेको छ । रोजगारी गुमेका हजारौको व्यवस्थापन कसरी गर्ने भन्ने हामीलाई ठूलो चिन्ता छ ।’उनका अनुसार भाभटेनीका प्रत्येक स्टोरमा औसतमा कम्तीमा ५ सय जनाले प्रत्यक्ष रोजगारी पाएका थिए् । तिनमा पनि महिला संख्या उच्च छ । भाटभटेनीका गोदाम देखि सबै स्टोरमा गर्दा बिसौं हजारले प्रत्यक्ष रोजगारी पाएका छन् ।
‘जेनजी आन्दोलनको नाममा तारो बनेर खण्डहर बनेका स्टोर फेरि पूरै भत्काएर बनाउने हो वा मर्मत गर्ने हो वा पुनर्निर्माण गर्नुपर्ने हो, यसै भन्न सकिन्न,’ सीओओ पौडेलले भने, ‘कहाँबाट सुरु गर्ने र कहाँ गएर अन्त्य गर्ने हो, हामी अलमलमै छौं । यति ठूलो क्षतिको जिम्मेवारी कसले लिने हो ? तोडफोड, लुटपाट र आगजनीको जवाफदेही को हो ?’ उनले प्रश्न गरे ।
उनका अनुसार तोडफोड, लुटपाट र आगजनी भएका स्टोरका काउन्टरमा कति परिमाणमा नगद थियो भन्ने पनि यकिन छैन । प्रदर्शनकारीले सामानमात्र नभई नगदसमेत लुटेर लगेका छन् । ‘हाम्रा सबै स्टोरको बिक्री परिमाण हिसाब गर्दा प्रत्येक दिन १० करोड ६८ लाख रुपैयाँ बराबर हुने गर्छ,’ पौडेलले भने, ‘यो भनेको वार्षिक कारोबार नै लगभग ३९ अर्ब रुपैयाँ हाराहारी हुने गर्छ ।’
जेनजी प्रदर्शन सुरु हुँदा देशभरिका भाटभटेनी स्टोर निर्वाध सञ्चालन भइरहेका थिए । एक्कासि, प्रदर्शनकारीमाथि गोली प्रहार भएर पहिलो दिनमै १९ जनाको ज्यान गएपछि भने तोडफोड, लुटपाट र आगजनी सुरु भएको थियो । सरकारले कफ्र्यु आदेश जारी गर्दा पनि भाटभटेनी लुटपाट, तोडफोड र आगजनी दोस्रो दिनसम्म जारी थियो ।
भाटभटेनीलाई आसन्न दसैंतिहारको मुखमा बज्रपात परेको छ । भाटभटेनीले वर्षमा जति व्यापार गर्छ, त्यसको १२ प्रतिशत हिस्सा दसैंको पहिलो १० दिनभित्र हुने गर्छ ।
भाटभटेनीका देशभरि रहेका साढे दुई दर्जनभन्दा बढी स्टोरमध्ये १२ वटालाई पूर्णरूपमा जलाएर ध्वस्त पारिएको छ । ती सबै प्रमुख र ठूला स्टोर हुन् ।
आगजनीले ध्वस्त भएको चाबाहिल चुच्चेपाटीको भाटभटेनी सुपरस्टोर ।
भाटभटेनी व्यवस्थापनका अनुसार काठमाडौंको नक्साल स्टोर (भाटभटेनी मुख्यालय), महाराजगञ्ज, बौद्ध, कोटेश्वर र बालुवाटारको वेयरहाउसमा तोडफोड, लुटपाट र आगजनी गरिएको छ । यी सबै स्टोर पूर्णरूपमा ध्वस्त छन् ।
त्यस्तै पोखरा, चितवन, हेटौंडा, बिर्तामोड, दमक, विराटनगर र धरानका सुपर स्टोर पनि पूर्णरूपमा ध्वस्त पारिएका छन् ।
यसबाहेक तोफोड र लुटपाट भएका स्टोर भने एक दर्जन हाराहारी छन् । काठमाडौं उपत्यकाका कलंकी, बालाजु र थिमि तथा उपत्यका बाहिरबम जनकपुर, बुटवल, वीरगञ्ज, धनगढी, इटहरी र भैरहवा स्टोरमा तोडफोड र लुटपाट भएका छन् । प्रदर्शनकारीले आगजनी गर्न भने पाएनन् ।
तर, भाग्यवस काठमाडौं उत्यकाका टोखा, सातदोबाटो, अनामनगर, सानागाउँ, त्रिपुरेश्वर र पाटन तथा उपत्यका बाहिरको नेपालगञ्ज स्टोर भने प्रदर्शनकारीको आँखामा परेनन् ।