'मदिरा व्यवसायी संघ नवलपरासीको अध्यक्षमा सुर्य प्रसाद न्यौपाने'

८ महिना अगाडि

बर्दघाट । मदिरा व्यवसायी संघ नवलपरासीको छैठौँ साधारण सभा तथा तेस्रो विशेष अधिवेशन बर्दघाट नगरपालिका–४ स्थित होटल रेशुङ्गा पार्टी प्यालेसको सभाहलमा सम्पन्न भएको छ। कार्यवहाक अध्यक्ष सुर्य प्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मदिरा व्यवसाय महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शम्भु प्रसाद भट्टराई प्रमुख आतिथ्यता रहेको थियो।

सभाले नयाँ नेतृत्व चयन गरेको छ। जसअनुसार संघको अध्यक्षमा सुर्य प्रसाद न्यौपाने, उपाध्यक्षमा हरी प्रसाद न्यौपाने, महासचिवमा जनक कुवर, सचिवमा विश्वदिप शर्मा, कोषाध्यक्षमा कमल थापा तथा सदस्यहरूमा प्रकाश रिजाल, निरज खड्का, राजकुमार भण्डारी, मोतिलाल यादव, शिव पाण्डेय र राजु भण्डारी निर्वाचित भएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भट्टराईले संघको भूमिका व्यवसायी मात्र नभई सामाजिक उत्तरदायित्वप्रति पनि केन्द्रीत हुनुपर्नेमा जोड दिनुभयो। उहाँले संघले व्यवसायीहरूलाई हकहित सुरक्षित गर्ने कामसँगै स्थानीयस्तरमा विकास र सामाजिक सहयोगका क्षेत्रमा पनि अग्रसर रहन शुभकामना व्यक्त गर्नुभयो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

क्लिनिकको चरम लापरवाहीले गर्ववती महिलाको मृत्यु, तिनदिन देखि शव अस्पतालमै

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय